शुक्रबार, वैशाख १४, २०८१

कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन्।  एमालेबाट अलग भएर समाजवादी गठन गरेपछि पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन्। उनले भने, ‘पार्टीभित्र लोकतान्त्रिक पद्धति स्वीकार्दै अगाडि बढिनेछ। मुलुक र जनतको हितका लागि क्रियाशील भइनेछ।’

triton college

उनले आफ्नो पार्टी स्थापित हुने दाबी गरेका छन्। उनले भने, ‘नयाँ पार्टीहरु नचलेको भन्दै समाजवादीप्रति टिप्पणी भइरहेको छ। पुष्पलालदेखि तुल्सीलालसम्मको क्रान्तिकारी र विद्रोहीचेत बोकेर गठन भएको समाजवादी पनि स्थापित हुन्छ।’

आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए। राष्ट्र र जनताको स्वार्थ आफूहरूको स्वार्थ रहेको बताएका उनले बाह्य मुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए । 

वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाइ छ। 

‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटि पढे हुन्छ नि’, अध्यक्ष नेपालले भने।  
उनले एमाले अध्यक्ष केपी ओलीलाई महालेखा परीक्षकको ५८औं प्रतिवेदन पढ्न सुझाव दिए। उनले ओलीको शासनकालमा भ्रष्टाचार र अनियमितताको घटना धेरै भएको आरोप लगाए।  ‘आफूले राम्रो काम गरेको, भ्रष्टाचारीलाई कारबाही गरेको बताउने ओलीले महालेखाको प्रतिवेदन एकचोटि पढे हुन्छ नि’, अध्यक्ष नेपालले भने।  

यस्तै उनले  केपी ओलीले गोप्य सहमति नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सृजना भएको आरोप लगाए। अध्यक्ष नेपालले साविक नेकपाका बेला प्रचण्डसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमतिलाई ओली लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको आरोप लगाएका हुन्। 
उनले दक्षिणपन्थीको इसारामा गुटको राजनीतिक गरेर ओलीले कम्युनिष्ट एकतालाई मात्रै होइन एमालेलाई समेत जोगाउन नसकेको आरोप लगाए। 

प्रकाशित: Aug 29, 2021| 13:44 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...