शनिबार, वैशाख १५, २०८१

विद्युत प्राधिकरणको सवा ३१ अर्बको आइपीओ आउदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल विद्युत प्राधिकरणले प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ। 

नेपाल विद्युत प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी आइपीओ जारी गर्ने सम्बन्धमा काम अगाडि बढाएको जानकारी दिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिलेसम्मकै ठूलो आइपीओ जारी गर्ने तयारी गरेको जानकारी दिए। 

घिसिङका अनुसार प्राधिकरणको चुक्ता पूँजीको २५ प्रतिशत आइपीओ सर्वसाधारणलाई विक्रि गर्ने प्रकृया अगाडि बढाउन लागेको जानकारी दिए। 

उनको भनाइलाई आधार मान्दा प्राधिकरणले ३१ अर्ब २५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने छ। हाल प्राधिकरणको चुक्ता पूँजी एक खर्ब २५ अर्ब रुपैयाँ छ। यसको २५ प्रतिशत निकाल्दा सो अंक आउछ। 

यो शेयर धेरै रकमको भएकोले बिक्रि हुन कठिन हुन सक्छ। किनकी पछिल्लो समयमा जलविद्युत कम्पनीको आइपीओ बिक्रि हुन छोडेको छ भने अधिकांश जलविद्युतको सेयर दोस्रो बजारमा न्युनतम रकम भन्दा पनि कममा कारोबार भइरहेको छ। 

नेपाल टेलिकमको मोडलमा प्राधिकरण जान सकिने तर्फ पनि प्राधिकरण सञ्चालकले छलफल गरिरहेका छन्। गत तीन वर्षयता प्राधिकरण लगातार नाफामा गएको छ भने कुलमानले प्रमुखको जिम्वेवारी निर्माह गरेको पनि तीन वर्ष नै भएको छ।

आइतबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार चार वर्ष अघि प्राधिकरण ३४ अर्ब रुपैयाँ नोक्सानमा थियो। प्राधिकरणले गत वर्ष विद्युत विक्रीबाट ६५ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

धेरै महसुल लिने घरबेटीलाई कारबाही गरिने

त्यसैगरी सोही पत्रकार सम्मेलनमा प्राधिकरण प्रमुख घिसिङले विद्युत व्यापार गर्ने घरधनीलाई कारवाही गरिने बताएका छन्। 

उनले नेपाल विद्युत प्राधिकरणबाट अधिकतम खपत गर्ने ग्राहकले १३ रुपैयाँ युनिटमा विद्युत पाईरहेपनि घरधनीहरुले बहालमा बस्नेहरुबाट प्रतियुनिट १५ देखि २० रुपैयाँ सम्म उठाएको पाइएको तिनिहरुलाई अब कारबाहीको दायरामा ल्याउने बताए। 

घरधनीले कोठाभाडा बढाउने अधिकार भएपनि विद्युत महशुल आफुखुशी लिन नपाउने उनले तर्क गरे। ति बढी रकम असुल गर्ने घरधनीले प्राधिकरणको छवीलाई नै धमिल्याएको भन्दै काराबाहीको लागि पछि नहट्ने दावी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्