शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति दुर्व्यवहार प्रकरणका सबै आरोपीलाई सफाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुर्व्यवहार तथा जानकी मन्दिरमा तोडफोड गरेको आरोप लागेका सबैजनालाई अदालतले सफाइ दिएको छ।

जिल्ला अदालत धनुषाले मुद्दामा सुनवाइ गर्दै आइतबार सबै आरोपीलाई सफाइ दिएको हो।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कटुवालको एकल इजलासले आरोपीहरुमाथि अभियोग प्रमाणित नभएको भन्दै आठैजना आरोपीलाई सफाइ दिएको बताइएको छ।

प्राचिन स्मारक तोडफोड तथा राष्ट्रपति प्रकरणका आरोपी सुशील कर्ण, रामजी राय, नवीन यादव, सीता चौधरी, शीला झा, विमला साह, विवेकचन्द्र अधिकारी र अशोक प्रसैलाले घटना भएको झण्डै चार वर्षपछि सफाइ पाएका हुन्।

मधेश आन्दोलन चलिरहेको बेला २०७२ पौष १ गते रामजानकी विवाह महोत्सवको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेको बेला आन्दोलनकारीहरुले दुर्व्यवहार गर्नुका साथै जानकी मन्दिरको गर्वगृहमा तोडफोड गरेको भन्दै जानकी मन्दिर र नेपाल सरकारले आठजनालाई आरोपी बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो।

एकल महिला जानकी मन्दिरभित्र प्रवेश गर्दा मन्दिर अशुद्ध भएको भन्दै स्थानीय आन्दोलनकारीले गंगाजलसमेत छर्किएका थिए। तत्कालीन सरकारले घटनाको निन्दा गर्दै गृहमन्त्रालयका तत्कालीन सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो।

समितिमा केसीसहित नेपाली प्रहरीका डिआइजी हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य थिए। छानबिन समितिले पाँच सय पानाभन्दा बढीको आफ्नो प्रतिवेदन बुझाएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।