शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाँके घटनामा गृहमन्त्रीको जवाफः कार्यक्रमबारे प्रशासनलाई जानकारी थिएन

बाँके घटनामा गृहमन्त्रीको जवाफः कार्यक्रमबारे प्रशासनलाई जानकारी थिएन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानमा बाँकेमा भएको आक्रमणबारे सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले सदनलाई जानकारी गराएका छन्।

कांग्रेसको माग बमोजिम गृहमन्त्री थापाले आइतबार संसदमा बोल्दै कांग्रेसले उक्त कार्यक्रमबारे स्थानीय प्रशासनलाई जानकारी नदिएको बताए ।

“बाँकेको खजुरा– १ सीतापुरमा नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान चलेको अवस्थामा हेमन्त थापा, लोकबहादुर शाहीलगायत ६ जनाले कार्यक्रममा होहल्ला गरी विथोल्ने प्रयास गरेका थिए,” गृहमन्त्री थापाले भने,” कांग्रेस नेता किरण कोइराला घाइते भएकोमा गृहमन्त्रालय दुःख व्यक्त गर्दछ।’

“कार्यक्रमको पूर्व जानकारी प्रशासनलाई दिइएको थिएन। तर पनि प्रहरी पुगेर नियन्त्रणमा लियो।” गृहमन्त्री थापाले घटनामा संलग्न निर्मल खत्री, रोशनसिंह ठकुरी, लोकबहादुर शाहीलाई २८ गते राती पक्राउ गरिएको र, अन्यहरुको खोजी कार्य भइरहेको बताए । 

मन्त्री थापाले घटनालाई राजनीतिकरण नगर्न समेत आग्रह गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।