शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'विदेशी कम्पनीले नेपालमै २५ प्रतिशत बढी नाफा कमाउँछन्'

'विदेशी कम्पनीले नेपालमै २५ प्रतिशत बढी नाफा कमाउँछन्'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले २५ प्रतिशत भन्दा बढी नै नाफा कमाएको बताएका छन्। काठमाडौंमा सुरु भएको पूर्वाधार सम्मेलनमा बोल्दै उनले अन्य देशमा लगानीगर्दा १० प्रतिशत भन्दा बढी विदेशी लगानीकर्ताहरुले नाफा कमाएको अवस्था नभएको तर नेपालमा भने विदेशी लगानीकर्ताले २५ प्रतिशत भन्दा बढीसम्म नाफा लगेको बताउँदै नेपालमा लगानीको वातावरण राम्रो रहेको दाबी गरे। 

उनले विदेशी लगानीलाई आकर्षित गर्नको लागि नेपालले विभिन्न कामहरु गरिरहेको बताउँदै भने, 'हामीले विदेशी लगानीकर्ताको हितलाई मध्यनजर राख्दै हेजिङको व्यवस्थापनदेखि बैदेशिक लगानी ऐन लगायतको ऐन र नियमहरु संशोधन गरिएको छ, कतिपय ऐनहर मन्त्रिपरिषद्मा र संसदमा छलफलको लागि राखिएको छ।'

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा लगायतको लागि सरकारले बजेटको १४ प्रतिशत रकम खर्च गरेको र दक्षिण एसियामा नै सबैभन्दा बढी खर्च गर्ने देशको रुपमा नेपाल रहेको बताए। 'नेपालमा लगानीका लागि विभिन्न कम्पनीहरु आइरहेका छन् तर उनीहरुले जहाँनेर लगानी चाहिएको हो त्यहाँ लगानी गरिरहेका छैनन्', उनले भने 'सरकारले लगानीकर्ताको जोखिम कम गर्नको लागि विभिन्न तहबाट काम गरिरहेको बताए। 

उनले भने, ‘जोखिम जति सरकारले लिने अनि फाइदा जति निजी क्षेत्रले लिने ? यो मिल्दैन। नीजी क्षेत्र र सरकार दुवैले विन-विन पोजिसनमा काम गर्नुपर्छ।’
 
नेपालमा पूर्वाधार विकासको लागि पूँजीको खाँचो रहेकोले उनले यसमा लगानी बढाउन निजी क्षेत्र, विदेशी लगानीकर्ताहरु र दाताहरुलाई आग्रह गरे । 

यसैगरी लगानी बोर्डका पूर्व सिईओ राधेश पन्तले पूर्वाधार परियोजना भनेको दीर्घकालिन योजना भएको र यसमा दीर्घकालिन रुपमा नै फाइदा हुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।