शुक्रबार, वैशाख १४, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
तालिवान लडाकू समूहले अफगानिस्तानमा अमेरिकी सेनाविरुद्धको लडाई जारी राख्ने चेतावनी दिएको छ। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार अफगानिस्तानमा सशस्त्र संघर्षरत तालिवानसँगको शान्ति वार्ता “मृततुल्य“ भएको बताएपछि तालिवानको सो भनाई आएको हो।
 
पत्रकार जमाल खाशोग्जीको हत्याअघिका संवादको अडियो रेकर्डिङ सार्वजनिक भएको छ। टर्किश दैनिक सबाह खबरले उनको हत्याअघि भएका दोहोरो संवाद सार्वजनिक गरेको हो। अडियो रेकर्डिङ भने टर्किको गुप्तचर विभागले फेला पारेको हो। गत वर्ष स्तानबुलस्थित साउदी कन्सुलेटभित्र पत्रकार खाशोग्जीको हत्या भएको थियो। हत्यापछि उनको शवलाई थैलामा राखिएको पाइएको थियो। हत्यामा साउदी राजकुमार सल्मान र साउदी सरकारको संलग्नता रहेको आशंका गरिएको छ। 
 
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्वाचन प्रस्ताव हाउस अफ कमन्सले दोस्रोपटक पनि अस्वीकृत गरिदिएको छ। युरोपेली युनियनबाट बाहिरिने (ब्रेक्जिट) प्रस्ताव संसदबाट अस्वीकृत भएसँगै हतास बोरिसले अक्टोबर १५ मा निर्वाचन गर्ने प्रस्ताव संसदमा लगेका थिए। तर, उनको यो प्रस्ताव दोस्रोपटक पनि सांसद्हरुले अस्वीकृत गरिदिएका छन्। निर्वाचन गराउनका लागि संसदमा त्यसको प्रस्तावमा तल्लो सदनको ४३४ मतको आवश्यकता पर्छ।

राष्ट्रसंघीय मानव अधिकार प्रमुख आयुक्त मिशेल बेशेलेटले अमेरिका र युरोपेली संघको आपारवासन सम्बन्धी मुद्दाहरुप्रति आफ्नो गहिरो चासो रहेको बताएकी छन्। कतिपय युरोपेली मुलुकहरु पछिल्लो समय आप्रवासीहरुप्रति अनुदार भइरहेका छन् तर अमेरिकाले वर्षौंदेखी बसोबास गर्दै आएका लाखौं आप्रवासीहरुको भविश्यमा खेलबाड गरिरहेको आरोप खेपिरहेको छ।  

म्यान्मारमा अल्पसंख्यक रोहिङ्ग्या मुस्लिमहरुको बासस्थान रहेको एक बस्तीलाई उजाड बनाइएको छ। उनीहरुको उक्त आवास क्षेत्रलाई नष्ट गरी सरकारी भवन निर्माण गर्न लागिएको हो।
 
भारतीय वायुसेना प्रमुख बीएस धनोआले एयरफोर्सको १७ औं स्क्वाड्रनको पुनर्गठन गरेका छन्। त्यस हवाई सैन्य टुकडिको कमाण्ड क्याप्टेन हरकीरत सिंहलाई  दिइएको छ । उक्त भारतीय वायुसेनामा राफेल लड़ाकू विमानलाई पहिलो पटक समावेश गरिने भएको छ। फ्रान्सबाट प्राप्त हुने ३६ राफेल लड़ाकू विमान मध्य आधा जती यसै स्क्वाड्रनमा समाहित गरिने छ ।
 
राष्ट्रपति ट्रम्पले अमेरिकी सुरक्षाका लागि विदेशी मूलका छद्मभेषी सूचकहरुको भरोशा गर्न नसकिने भन्दै तिनलाई निस्कासन गर्ने बताएका छन्। अमेरिका विरोधी मुलुकहरुमा यस्तो काम गराउन अमेरिकाले स्थानीय मानवसंसाधन उपयोग गर्दै आएको छ। 

बेलायती संसदमा आज मंगलबार निकै लामो वहस भएको छ। आज संसदमा कतिपय सांसदहरुले हातहातमा प्लेकार्ड बोकेर उभिएका थिए भने सत्तापक्षका सांसदहरु विरोधका स्वरहरुलाई सम्बोधन गरिरहेका थिए।
 
हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले हङकङको आन्तरिक मामिला सुल्झाउन कुनै पनि बाह्य शक्तिको सहयोग आवश्यक नरहेको जनाएकी छन्। केही दिनयता हङकङस्थित अमेरिकी कन्सुलेट अगाडि प्रदर्शन गर्नेहरुले अमेरिकी झन्डा र अमेरिकी राष्ट्रपति ट्रम्पको फोटो बोकेर अमेरिकी हस्तक्षेपको लागि गुहार लगाइरहेको देखिएको थियो।
 
पाकिस्तान र चीनले संयुक्तरुपमा काश्मिरबारे बयान दिएपछि भारतले गम्भीर आपत्ति जनाएको छ। भारतले चिनियाँ विदेशमन्त्री वाङ्ग यीको इस्लामाबाद यात्राको संदर्भमा जारी पाकिस्तान-चीन संयुक्त बयानमा जम्मू कश्मीर उल्लेख भएपछि यस्तो आपत्ति जनाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।