शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • अष्टलक्ष्मीलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

अष्टलक्ष्मीलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

मकवानपुर–  बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ। डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन्।

triton college

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै आलोचना भइरहेको छ। पार्टी विभाजनमा साथ नदिएकाले नेपाल शाक्यसँग रुष्ट बनेका छन्।

मुख्यमन्त्री पदसँग आफ्नो विचार साटेको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टीमा सनाखत गरेपछि शाक्य अल्पमतमा पर्ने बताएका छन् । ‘हामीसँग रहेकी शाक्य पार्टी विधि विधानविपरती चल्ने ओलीको मतियार हुन जानुभयो’, नेपाल निकट एक सांसदले भने,  ‘मुख्यमन्त्री पदसँग आफ्नो विचारै साट्नेलाई आगामी दिनमा कसरी समर्थन गर्नु?’

ती सांसदका अनुसार एकीकृत समाजवादीमा खुलेपछि गठबन्धन बनाएर शाक्यलाई हटाउने तयारी भइरहेको छ। बागमती प्रदेशसभामा १०९ जना सांसदमध्ये एमालेको एकल बहुमत अर्थात् ५६ जना छन्। एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा कम्तीमा १२ जना प्रवेश गर्ने तयारी भएको बुझिएको छ। ‘एमालेका हामी नेपालनिकट कम्तीमा पनि १२ जना सांसद नयाँ पार्टीमा जान्छौं।’

नेपाल निकट अर्का प्रदेशसभा सदस्यले भने, ‘अनि हेरौं न कसरी जोगाउँछिन् शाक्यले मुख्यमन्त्रीको कुर्सी?’ प्रदेशसभामा नेपाली कांग्रेस र माओवादी केन्द्रका २३/२३ र समाजवादीको १० देखि १२ जना सांसदले बहुमत पुग्ने भएकाले समाजवादीका पाण्डेलाई मुख्यमन्त्री बनाउने गरी भित्रभित्रै छलफललाई तीव्रता दिइएको उनले खुलासा गरे।

corrent noodles
Metro Mart
‘नयाँ पार्टीमा नलाग्न र एमालेमै रहेर आफूलाई सघाउन विभिन्न प्रलोभन बाँड्नुभएको छ’, उनले भने,  ‘विगतमा प्रतिगमनविरुध सँगै लड्दा पद र अवसरका लागि राजनीति गरेको होइन भन्नेबाटै अहिले हामीलाई अवसरको लोभ देखाउने काम होला भनेर सोचेका पनि थिएनौं।’

पार्टी विभाजन भए पनि शाक्यले एमाले र समाजवादीको संयुक्त सरकार बनाउने भित्रभित्रै प्रयत्न गरेको बुझिएको छ। आफ्नो सरकार टिकाउन शाक्यले नेपालनिकट सांसदहरुलाई विभिन्न अवसरको प्रलोभन दिएको सांसद बताउँछन्। ‘नयाँ पार्टीमा नलाग्न र एमालेमै रहेर आफूलाई सघाउन विभिन्न प्रलोभन बाँड्नुभएको छ’, उनले भने,  ‘विगतमा प्रतिगमनविरुध सँगै लड्दा पद र अवसरका लागि राजनीति गरेको होइन भन्नेबाटै अहिले हामीलाई अवसरको लोभ देखाउने काम होला भनेर सोचेका पनि थिएनौं।’

नेपालनिकट सांसद पार्टी दर्ता भएको मितिले २१ दिनभित्र समाजवादीमा खुलेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने र उनले विश्वासको मत लिनुपर्ने अवस्थामा विश्वासको मत नपाई सरकार ढल्ने देखिन्छ। राजेन्द्र  पाण्डेसहित प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण खनाल एकीकृत समाजवादीमा खुलिसकेका छन्।

यसका साथै प्रदेशसभामा सांसद मुनु सिग्देल, बसुन्धरा हुमागाईं, वसन्त मानन्धर, कुसुम कार्की, रमा आलेमगर, माधव पौडेल, लक्ष्मण लम्साललगायतले समाजवादी रोज्ने बुझिएको छ। हाल तीन सदस्यीय मात्रै रहेको शाक्य नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ओली पक्षका केशवराज पाण्डे रहेका छन्। 

शाक्यले ओलीको बाटो पछ्याएको आरोप 

मुख्यमन्त्री शाक्यलाई केपी शर्मा ओली एवं डोरमणि पौडेलकै शैली अपनाएको आरोप पनि लागेको छ। विगतमा अविश्वासको प्रस्ताव आउँदा अचानक प्रदेशसभाको अधिवेशन अन्त्य गरेका तत्कालीन मुख्यमन्त्री पौडेलको शैलीमा शाक्य हिँड्न थालेको आरोप लागेको छ।

मुख्यमन्त्री शाक्यले गत शुक्रबार राति १२ बजेबाट लागू हुने गरी हठात् रुपमा प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेकी छिन्। उनले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेकी हुन्।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरेलगत्तै करिब ३५ दिनसम्म स्थगित रहेको प्रदेशसभा बैठक सभामुख सानुकुमार श्रेष्ठले केही प्रदेश ऐन र प्रदेशसभाको नियमावली संशोधनका लागि गत भदौ १ र २ गतेका लागि आह्वान गरेका थिए।

गत भदौ २ गते अचानक तत्कालीन मुख्यमन्त्री पौडेलले पार्टीको बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएर पार्टीमा देखिएको विवाद मिलाउन आफूले त्याग गरेको भन्दै शाक्यलाई दलको नेता बनाउन सिफारिस गरेका थिए।

विगतमा शाक्यलाई नै हराएर दलको नेता बन्दै मुख्यमन्त्री बनेका पौडेलले पार्टी विभाजनलाई रोक्न शाक्यलाई मुख्यमन्त्री बनाउन आफूले त्याग गरेको बताएका थिए। तर मुख्यमन्त्री बन्नेबित्तिक्कै अल्पतमा परेकी शाक्यले अचानक संसद अन्त्य गरेपछि प्रदेशसभाका विपक्षी कांग्रेस–माओवादीले पनि विरोध जनाएका छन्। 

प्रकाशित: Aug 29, 2021| 10:45 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।