बिहीबार, वैशाख २०, २०८१

नेपाल-चीन सम्बन्ध अझ सुदृढ हुन्छ : दाहाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने बताएका छन्। 

विदेशमन्त्री वाङसँग मंगलबार भएको भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले आउने दिनमा नेपाल–चीन सम्बन्ध थप प्रगाढ हुने बताए। भेटमा दुई देशका सरकारबीच गरिने सहकार्य, सहयोग विस्तार र चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे छलफल भएको थियो। दाहालले विदेशमन्त्री वाङ नेपालको विकास प्रक्रियामा निकै सकारात्मक रहेको पाएको बताए।

‘वाङको नेपाल भ्रमणले आउने दिनमा नेपाल–चीन सम्बन्ध अझ सुदृढ भएर जाने मैले विश्वास लिएको छु’, दाहालले भने, ‘नेपालको आर्थिक विकास प्रयासमा सहयोग मात्रात्मक रुपमा मात्र हैन, गुणात्मक रुपमा अघि बढ्नेछ।’ नेपालको आर्थिक विकास प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहयोग र नेपालको अपेक्षाबारे पनि कुराकानी भएको दाहालले जानकारी दिए। 

भेटमा दुई देशबीचमा रहिआएको सदीयौँ पुरानो मित्रतापूर्ण सम्बन्ध सुदृढ गर्ने विषयमा पनि छलफल भएको थियो। दाहालले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच सम्बन्ध सुधारमा पनि वाङको भ्रमण फलदायी भएको दाबी गरे।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।