शुक्रबार, वैशाख १४, २०८१

नेपाल भ्रमणमा रहेका आइरिस सभामुखको भेटघाट जारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– पाँच दिने नेपाल भ्रमणमा रहेका आयरल्याण्डका सभामुख सेन ओ फेरगेलले र सभामुख महराबीच सोमबार भेटवार्ता भएको छ ।

आइरिस सभामुख सेन नेतृत्वको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायतसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ। 

सभामुख महरासँग सोमबार भएको भेट दुई देशको संसदीय प्रक्रिया, संसदीय मैत्री समूह गठन, शिक्षा, पर्यटन, व्यापार लगायत आपसी हितका विषयमा छलफल भएको छ। 

सभामुख महराले नेपाल र आयरल्याण्डको दुई पक्षीय सम्बन्ध एक सय वर्षभन्दा पुरानो रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्ध थप सुमधुर र घनिष्ठ बनाउन सेनको नेपाल भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको महराका सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

आयरल्याण्ड विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको चर्चा गर्दै सभामुख सेनले देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा पर्यटनले निर्वाह गरेको बताए। 

नेपालले पनि पर्यटन प्रवर्द्धनमा विशेष लगानी गरेर ठूलो लाभ लिन सक्ने सम्भावना रहेको आफूले बुझेको उनको भनाई थियो । 

आयरल्याण्डमा अहिले करिब ३ हजारको संख्यामा नेपाली नागरिकहरु व्यापारलगायत विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै आइरिस सभामुख सेनले आफूहरु नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा जाने गरेको र नेपाली समुदायले आयरल्याण्डमा राम्रो छाप बनाएको बताए।

नेपालका हिमाली क्षेत्रहरुमा रहेका विद्यालय तथा अस्पतालहरुमा आयरल्याण्ड सरकारले आर्थिक सहयोग गरिरहेको चर्चा गर्दै उनले आयरल्याण्डले शिक्षा, पर्यटन, व्यापार, कृषिलगायतका क्षेत्रका सहकार्य गर्न सक्ने पनि बताएका थिए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।