शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओली र दाहालको भेटघाट बाक्लियो,  पार्टीमा जिम्मेवारी बाँडफाँड हुँदै 

ओली र दाहालको भेटघाट बाक्लियो,  पार्टीमा जिम्मेवारी बाँडफाँड हुँदै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरी फर्केलगत्तैदेखि उनको र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल बाक्लिएको छ।

भदौ २० गते स्वदेश फर्केका ओलीसँग दाहालले चार दिनमा चार पटक लामालामा भेटघाट गरेका छन्।

अध्यक्ष द्वयबीच पार्टीको एकीकरणको प्रक्रियालाई टुंग्याउने र शीर्ष नेतृत्वमा जिम्मेवारी बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको नेकपाका नेताहरुले बताउँछन्।

दुई अध्यक्षबीचको छलफलमा सहभागी हुँदै आएका महासचिव विष्णु पौडेलले पनि एकीकरण र जिम्मेवारी बाँडफाँडको विषयमा छलफल भइरहेको बताएका छन्।

आज सोमबार बिहान पनि ओली र दाहालबीच छलफल भएको छ। नेकपा स्रोतका अनुसार उनीहरुबीच मंगलबार पुनः छलफल भएपछि बुधबारका लागि सचिवालय बैठक बोलाउने तयारी भएको छ। सचिवालय बैठकले बाँकी रहेका विभागमा नेतृत्वको टुँगो लगाई पार्टीमा नेताहरुको जिम्मेवारीका विषयमा पनि छलफल हुने बुझिएको छ।

सरकार र पार्टीको जिम्मेवारी फरक–फरक व्यक्तिले पाउनु पर्ने आवाज नेकपाभित्र उठ्दै आएको छ। विशेषगरी नेकपाभित्रको पूर्व माओवादी समूहले यो माग उठाइरहेको छ।
 
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एकीकरणअघि भएको सहमति अनुसार सरकार र पार्टीको जिम्मेवारीका विषयमा चाँडै निर्णय हुनु पर्ने बताउँदै आएका छन्। ओलीले सरकारको जिम्मेवारी सम्हालेकाले दाहाललाई पार्टीको जिम्मेवारी दिइनुपर्ने उनीहरुको माग छ।

पार्टी एकीकरणको प्रक्रियालाई टुंगो लगाई तल्लोतहसम्म पार्टीलाई बलियो बनाउन दाहालको नेतृत्वमा अभियान सञ्चालन गर्ने तयारी भएको नेकपाका एक नेताले बताए। 

तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण हुँदा सरकारको नेतृत्व आलोपालो गर्ने र पार्टी तथा सरकारको जिम्मेवारी फरक फरक व्यक्तिले लिने भन्ने सहमति भएको दाहालले दाबी गर्दै आएका छन्। 

प्रधानमन्त्री ओलीले भने त्यसबारे अझै मुख खोलेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।