आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ विदेशमन्त्री के गर्दैछन् नेपालमा ? यस्तो छ कार्यतालिका

चिनियाँ विदेशमन्त्री के गर्दैछन् नेपालमा ? यस्तो छ कार्यतालिका

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी सोमबार (आज) दिनभर भेटवार्तामा व्यस्त हुने भएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी स्वरुप आइतबार साँझ नेपाल आएका उनले आज परराष्ट्रमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने भएका छन् । 

अपराह्न साढे ३ बजेदेखि एक घण्टासम्म होटल याक एन्ड यतीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र वाङबीच द्विपक्षीय औपचारिक भेटवार्ता हुनेछ। भेटमा चीन सरकारले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाबारे छलफल हुने जनाइएको छ।

यस्तै, तातोपानी र केरुङ नाकामा अध्यागमनमा सहजता, रसुवाको टिमुरेमा बनाइने सुख्खा बन्दरगाह लगायत भौतिक संरचना, सीमापार रेलमार्ग निर्माण लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै चीनसँग यसअघि भएका सम्झौताहरु कार्यान्व्यनका विषयमा पनि बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

परराष्ट्र मन्त्री ज्ञवालीसँगको भेटवार्तापछि विदेशमन्त्री वाङले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम तया भएको छ।
 
परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्रीसँग ४५ मिनेट र राष्ट्रपतिसँग ४० मिनेट भेटवार्ता गर्ने निर्धारण गरिएको छ। 

प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटमा चिनियाँ राष्ट्रपतिको भ्रमणका विषयमा विशेष कुराकानी हुने स्रोतले जनाएको छ । नेपाल भ्रमणको एजेन्डा र सुरक्षा व्यवस्थाबारे विदेशमन्त्री वाङले विशेष छलफल गर्ने बताइएको छ।

वाङ विभिन्न भेटवार्ता सकिएसँगै  आजै साँझ परराष्ट्रमन्त्री ज्ञवालीले आयोजना गर्ने रात्रिभोज सहभागी हुने भएका छन् । 

उनी पाँच वर्षपछि नेपाल भ्रमणमा आएका हुन् । यसअघि सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहेका वाङले सन् २०१४ मा नेपाल भ्रमण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।