शुक्रबार, वैशाख १४, २०८१

अर्थमन्त्रीको अभिव्यक्तिपछि दोहोरो अंकले घट्यो बजार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- साताको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ। आइतबार नेप्से १२.६१ अंकले ओरालो लागेर ११७८.४६ अंकमा अडिएको छ। यसदिन सम्पूर्ण समूहगत उपसूचक पनि ओरालो लागेको छ।

अर्थमन्त्री युवराज खतिवडाले आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बजारलाई सरकारले प्रत्यक्ष हस्तक्षेप गर्न सक्ने अभिव्यक्ति दिएका थिए। जसका कारण लगानीकर्ताको मनोवल गिरेर बजार दोहोरो अंकले ओरालो लागेको हो। 

आइतबार बैकिङ समूह १०.९६, होटल ९.२२, विकास बैंक १५.८२, जलविद्युत १२.९२,फाइनान्स ०.२९, निर्जिवन १०२.२९, उत्पादनमुल्कमा १२.५९, अन्य ७.१५, लघुवित्त ७.५, जिवन बीमा ८५.४४ र म्याचुअल फण्ड ०.०४ अंकले ओरालो लागेको छ।

आइतबार धेरै कारोबार गर्नेमा प्रभु बैंकको प्रमोटर सेयर रहेको छ। यस बैंकको आइतबार ५ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै एनआइसी एसिया बैंक, प्रभु बैंक, एनएलआइसी र कुमारी बैंकको कारोबार भएको छ। 

यसदिन सबैभन्दा बढी कमाउनेमा लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स, राधी विद्युत कम्पनी लगायतले कमाएका छन् भने पाँचथर पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, सिन्धु विकास बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्। 

दिनभर ११ लाख बराबरको ३० लाख ५३ हजार रुपैयाँ बराबरको ११ लाख ७३ हजार कित्ता सेयर कारोबार भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्