शुक्रबार, वैशाख १४, २०८१

'मुटुमाथि झन्डा' राखेर संविधान दिवस मनाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मुटुमाथि झन्डा बस्ने गरी सरकारले संविधान दिवसका दिन प्रयोग गरिने टिसर्टहरुको ४ वटा नमुना सार्वजनिक गरेको छ। 

दिवसलाई भव्य बनाउन उर्दी जारी गरेको शुक्रबार साँझ टिसर्टका ४ वटा नमुना सार्वजनिक गरेको हो । गृह मन्त्रालयले आफ्नो वेबसाईटमा टिसर्टको नमुना राखेको छ। 

राष्ट्रिय झण्डा मुटुको माथि पार्नेगरि टिसर्टको नमुना बनाइएको गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख रामप्रसाद आचार्यले जानकारी दिए । 

असोज ३ गते मनाइने संविधान दिवसका अवसरमा सबैतिर राष्ट्रिय झण्डाको व्यापक रुपमा प्रयोग गर्ने सरकारको योजना अनुसार यस्तो नमूना सार्वजनिक गरिएको सरकारी अधिकारीहरूको भनाई छ।

यस वर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र बनाएर संविधान दिवसका कार्यक्रमहरू तय गरिएका छन। दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरु राष्ट्रिय झण्डा सहितको र्‍याली गर्दै समारोह स्थल जानुपर्नेछ।

सरकारी कार्यालय, स्थानीय सरकारहरूले आ-आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगर सजाउने, राष्ट्रिय झण्डा रिले दौड गर्ने जस्ता झण्डा केन्द्रित कार्यक्रमहरू तय गरिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।