एजेन्सी- स्टार स्ट्राइकर ह्यारी केनले ह्याट्रिक गरेपछि इंग्ल्यान्डले सहज जित निकालेको छ। सन् २०२० मा आयोजना हुने युरो कप छनोट अन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्डले बुल्गेरियालाई ४-० ले पराजत गरेको हो।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गर्दा थप एक गोल रहिम स्ट्रर्लिङले गरेका थिए। खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। त्यसपछि दोस्रो हाफमा थप तीन गोल गगर्ने क्रममा खेलको ४९ औं मिनेटमा केनले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।
५५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई ३-० को अग्रता दिलाए। त्यसपछि खेलको ७३ औं मिनेटमा केनले पुनः पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि इंग्ल्यान्ड ४-० को फराकिलो जित निकालेको हो।
यसजितसँगै समूह ‘ए’ मा रहेको इंग्ल्यान्डले ३ खेलबाट ९ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ। पराजित बुल्गेरिया पाँच खेलबाट २ अंक जोडेर चौंथो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४