शनिबार, वैशाख १५, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
१. दक्षिणी फिलिपिन्समा भएको एक विष्फोटमा परी चार जना घाइते भएका छन्। उक्त घटना सुल्तान कुदरत प्रान्तको भएको स्थानीय प्रहरीले जनाएको छ।

२. चिनियाँ राष्ट्रपति सि जिनपिङले कृषि उत्पादनलाई विश्वव्यापी मापदण्डमा पुर्याउन चिनियाँ कृषि कलेजहरुलाई अब्बल बनाउन आवश्यक सबै स्रोत तथा साधन उपलब्ध गराउने बताएका छन्।

३. भारतको महत्वाकांक्षी चन्द्रयान–२ गन्तव्यभन्दा करिब २ किलोमिटर पर पुगेपछि सम्पर्कबिहीन भएको भारतीय अन्तरिक्ष केन्द्र इस्रोले जनाएको छ।

४. बेलायती प्रधानमन्त्रीले चाहेको जस्तो युरोपेली संघबाट बेलायतको बहिर्गमन तत्कालका लागि असम्भव देखिएको छ। सन् १९७२ देखि सन् २०१० सम्म युरोपेली संघमै आबद्ध भएका कारण जर्जर रहेको बेलायती अर्थतन्त्रले प्राणदान पाएको थियो।

५. पाकिस्तानले ५४ औं रक्षा दिवस मनाएको छ। हालसम्म भारतसँग तीनवटा मुख्य मोर्चाबद्ध युद्ध लडिसकेको पाकिस्तानको सैन्य मजबुती भारत विरुद्धका सैन्य अभियानमै केन्द्रित रहेको देखिन्छ।

६. पर्यावरण, सामुद्रिक मामिला तथा मत्स्य मुद्दाकी युरोपेली आयुक्त कारमेनु भेयाले महासागरका जलजीवन अत्यन्तै कमजोर बन्दै गइरहेको र गैरकानूनी मत्स्य व्यवसाय तथा महासागरमा फोहोर फाल्ने प्रवृत्तिले महासागरलाई बचाउन मुस्किल भइरहेको बताएकी छन्।

७. प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफ्नो राष्ट्रिय दिवस मनाएको छ। संसारभर रहेका आफ्ना दूतावासहरुमा सन् १९४८ सेप्टेम्बर ९ मा जापानबाट स्वतन्त्र भएदेखि हालसम्मका सम्पूर्ण राष्ट्रिय उपलब्धिहरुलाई प्रमुखता दिँदै उक्त दिवस मनाइएको हो।

८. प्रशोधित युरेनियमलाई व्यवस्थित गर्न इरानले उच्च प्रविधियुक्त सेन्ट्रिफ्युजहरुको प्रयोगलाई प्राथमिकता दिएको छ। अमेरिकाले विभिन्न क्षेत्रमा इरानमाथि लगाईरहेको नाकाबन्दीका बाबजुद पनि आफ्नो आणविक अभियान इरानले अघि बढाइरहेको छ।

९. अमेरिकाको पूर्व दक्षिण क्षेत्रबाट उठेको डरियन नामक सामुद्रिक उत्पातको चपेटामा परेर बहमासमा ४३ जनाको मृत्यु भएको छ। त्यसबाट प्रभावित आबाको द्विपमा २ सय ६० जना सख्त घाइते भएका छन् भने आवश्यक राहत सामग्रीहरु अझै पनि पुगिनसकेको जनाइएको छ।

१०. इरानी विदेश मन्त्री जवाद जरिफले अमेरिकाद्वारा जबर्जस्ती थोपरिएको आर्थिक नाकाबन्दी एक किसिमको आतंकवादी गतिविधि नै भएको बताएका छन्। उनको भनाइमा यस आतंकवादले आम जनता प्रताडित भएको र अमेरिकाले केही उपलब्धि हासिल गरेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।