शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा आवास पुनर्निर्माण : तीन वर्षमा २८ प्रतिशत मात्रै 

काठमाडौंमा आवास पुनर्निर्माण : तीन वर्षमा २८ प्रतिशत मात्रै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- भूकम्प गएको तीन वर्ष वितिसक्दा पनि काठमाडौंमा २८ प्रतिशत मात्रै आवास पुनर्निर्माण भएको छ । 

यो आँकडा भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये सबैभन्दा कम हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरे नीतिगत समस्याले काठमाडौंको पुनर्निर्माणमा आशातीत प्रगति हुन नसकेको बताउँछन् । ‘यस विषयमा प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन इकाईसँग समन्वय गरिरहे पनि स्थानीय तहले चासो दिनुपर्ने देखिन्छ,’ उनी सुझाउँछन् । 

प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का अनुसार काठमाडौंमा ४८ हजार ५ सय ७१ लाभग्राही छन् । तीमध्ये ८६ प्रतिशत अर्थात् ४१ हजार ९२३ परिवारसँग अनुदान सम्झौता भएको छ । ती सबैले पहिलो किस्ता वापतको ५० हजार रूपैयाँ लिइसकेका छन् । 

दोस्रो किस्तावापतको रकम लिने लाभग्राही ३६ प्रतिशत अर्थात् १७ हजार ७६४ मात्र छन् । पहिलो किस्तावापतको रकमबाट जग हालेपछि दोस्रो किस्तावापतको रकम पाइन्छ । 

यसैगरी, तेस्रो किस्तावापतको रकम लिने लाभग्राही भने २८ प्रतिशत अर्थात् १४ हजार ६१ रहेको प्राधिकरणको तथ्यांक छ । घर निर्माण सम्पन्न गरेपछि मात्रै तेस्रो किस्ता वापतको रकम पाइन्छ । 

गोकर्णेश्वरमा बढी, काठमाडाैंमा कम 

काठमाडौंका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकामा आवास पुनर्निर्माणको प्रगति सबैभन्दा बढी देखिएको छ । प्राधिकरणका अनुसार गोकर्णेश्वरमा ४५ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको छ । गोकर्णेश्वरका २ हजार ९३९ लाभग्राहीमध्ये १ हजार ३५१ परिवारले आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । 

काठमाडौं महानगरकाे आवास पुनर्निर्माण प्रगति अन्य स्थानीय तहभन्दा कम छ । महानगरमा अहिलेसम्म १६ प्रतिशत मात्रै पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएकाे छ । 

प्राधिकरणको तथ्यांक अनुसार महानगरका ७ हजार ५६३ लाभग्राहीमध्ये ७९ प्रतिशत अर्थात् ६ हजार ३८ परिवारले मात्र पहिलो किस्तावापतकहो रकम लिएका छन् । दोस्रो किस्तावापतको रकम लिने २० प्रतिशत अर्थात् १ हजार ५२३ परिवार छन् ।

महानगरका प्रवक्ता ईश्वरमान डंगोल सरकारले आवास पुनर्निर्माणका लागि उपलब्ध गराएको रकम अपुग भएको भन्दै अधिकांशले पुनर्निर्माण सुरु नगरेको बताउँछन् । ‘यही मानसिकताले आवास पुनर्निर्माणमा ढिलाइ भएको हो,’ उनले भने । 

सहर र ग्रामीण क्षेत्रमा एउटै रकम दिने नीतिका कारण समस्या उत्पन्न भएको उनको भनाइ छ । 

चन्द्रागिरी नगरपालिकाको पुनर्निर्माण अवस्था पनि उस्तै छ । नगरका कूल ५ हजार ९०६ लाभग्राहीमध्ये २३ प्रतिशत अर्थात् १ हजार ६७ ले मात्र आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । 

नगरका प्रवक्ता हरिभक्त महर्जन जग्गा कित्ताकाटमा समस्या हुँदा पुनर्निर्माणमा ढिलाइ भएको बताउँछन् । यो समस्या  वडा नम्बर ७ मा रहेको उनकाे भनाइ छ । 
केहीले भने आर्थिक समस्याले गर्दा पनि पुनर्निर्माण सुरु नगरेको उनले बताए । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।