शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक मन्दी देखिन थालेपछि भारतमा बैंकहरुको फोर्स मर्जर, नेपालमा कस्तो पर्ला असर ?

आर्थिक मन्दी देखिन थालेपछि भारतमा बैंकहरुको फोर्स मर्जर, नेपालमा कस्तो पर्ला असर ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– भारतमा आर्थिक मन्दी सुरु भएपछि त्यहाँको सरकारले वित्तीय सुधारका कार्यक्रमहरु थालेको छ। 

एकातिर ‘डिमनिटाइजेशन’ र  ‘जीएसटी’ को प्रभाव अर्कोतिर युरोपहुँदै एसिया पस्दै गरेको आर्थिक मन्दीले भारतीय अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको छ। 

कोइला, तेल, प्राकृतिक ग्यास र रिफाइनरी उत्पादनको वृद्धिदर नकारात्मक हुँदै गएको छ। अघिल्लो वर्ष वृद्धि दर ७.३ प्रतिशत रहेको यस्ता ठूला ८ औद्योगिक  क्षेत्रको उत्पादन वृद्धिदर यो वर्ष अहिलेसम्म २.१ प्रतिशत मात्रै छ। 

अर्थतन्त्रमा सुधारका लागि वित्तीय क्षेत्र सुधारका योजनाहरु अघि बढाउन थालेको भारत सरकारले सरकारी बैंकहरुको फोर्स मर्जर गर्न थालेको छ।

भारतबाट प्रकाशित हुने आर्थिक पत्रिका इकोनोमिक टाइम्सका अनुसार सरकारले १० वटा सरकारी बैंकलाई एक आपसमा गाभेर चारवटामा सीमिति बनाउने घोषणा गरेको छ।

गत शुक्रबार भारतीय वित्त मन्त्री निर्मला सीतारमणले भारतको अर्थतन्त्र पाँच ट्रिलियन अमेरिकी डलर बराबरको बनाउन वित्तीय सुधार आवश्यक भएको भन्दै यस्तो घोषणा गरेकी थिइन्। सीतारमणका अनुसार मर्जर गरिने सरकारी बैंकहरुको खराब कर्जा अत्याधिक छ। 

यदी सरकारी बैंकमा पर्याप्त पूँजी भएमा उत्पादनमुलक क्षेत्रमा र प्रविधिको क्षेत्रमा लगानी बढाउन सकिने र त्यसबाट अर्थतन्त्रलाई टेवा पुग्ने मन्त्री सीतारमणको अपेक्षा छ। 

पहिलो चरणमा पंजाव नेशनल बैंक, ओरियन्टल बैंक अफ कमर्स र युनाइटेड बैंकलाई मर्ज गराइने भएको छ। मर्जरपछि बजार हिस्सा र व्यापारको हिसावले सो बैंक भारतकै दोस्रो ठूलो बैंक हुनेछ। 

त्यस्तै सरकारले क्यानरा बैंक र सिन्डिकेट बैंकलाई पनि मर्ज गराउने भएको छ। त्यस्तै सरकारले आफ्नो मातहतमा रहेको युनियन बैंक अफ इन्डिया, आन्ध्र बैंक र कोअपरेसन बैंकलाई पनि गाभ्ने भएको छ। इन्डियन बैंक र अलाहबाद बैंक पनि एक आपसमा गाभिने भएका छन्। 

नेपालमा प्रभाव

एक वर्ष अघिदेखि नै मर्जरलाई प्रोत्साहन गरिरहेको नेपाल सरकारका लागि भारत सरकारले गर्न थालेको फोर्स मर्जरले थप प्रोत्साहित गर्नेछ। 

केही दिनअघिमात्रै भएको ‘एटीएम ह्याक’ प्रकरणले पनि बैंकहरुलाई प्रविधिमा लगानी बढाउन दबाब परेको छ। त्यसमाथि भारतमा भइरहेको फोर्स मर्जरले नेपाली ब्यांकहरुलाई पनि थप दबाब भने पर्ने नै छ।

भारतीय मन्दीको थप प्रभाव

आयात र निर्यातमा भारतमाथि निर्भर नेपालको अर्थतन्त्रमा पनि भारतीय मन्दीले असर पार्छ। 

नेपाली मुद्राको भारतीय मुद्रासँग स्थिर विनिमय दर भएका कारण भारतीय मुद्रा अवमूल्यन हुँदा नेपाली रुपैयाँको पनि डलरसँग अवमूल्यन हुने गर्छ। आयातमा निर्भर नेपालमा यसले मूल्यवृद्धि गराउँछ।

नेपालका उद्योगहरुका लागि अधिकांश कच्चा पदार्थ भारतबाटै आउँछन्। भारतमा त्यस्तो सामानको मूल्य बढ्दा नेपालमा सोझो असर पर्छ। त्यस्तै भारतमा आर्थिक मन्दी हुँदा नेपालबाट निकासी हुने वस्तु तथा सेवाको माग त्यहाँ ह्वात्तै घट्न सक्छ। 

भारतको श्रम बजारमा अहिले लाखौं नेपाली कार्यरत छन्। भारतमा बेरोजगारी दर बढ्दै जाँदा एकातिर नेपालीले भारतमा काम पाउने सम्भावना कम हुँदै जान्छ भने अर्कोतिर भारतीय श्रमिकहरु नेपाल आएर सस्तो ज्यालामा काम गर्दा नेपालमै समेत नेपालीले पाउने ज्याला कम हुनसक्ने संभावना रहन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।