सोमबार, जेठ ७, २०८१

कर्णालीमा सेनाको एयरवेश 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत - नेपाली सेनाले आज (मंगलबार) देखि कर्णालीमा पनि एयरवेश सञ्चालनमा ल्याएको छ । पश्चिम क्षेत्रका लागि लक्षित गरेर प्रदेशको राजधानी सुर्खेतमा एयरवेश सञ्चालनमा ल्याइएको हो। प्रधानसेनापति पूर्णचन्द्र थापाले आज सुर्खेतमा एयरवेश सञ्चालन कार्यको औपचारिक शुभारम्भ गरेका छन्। 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार वेशमा ह्याङ्गर निर्माण कार्यको थालनी भइसकेको बताउँदै हाल एम आई–१७ सहित दुई वटा हेलिकप्टर नियमित रुपमा तैनाथ रहने जानकारी दिए। ‘आगामी १० वर्षभित्र हवाई साधन थप गरी सेकेण्ड लाइन मेन्टेनेन्ससहितको सेवा प्रदान गर्ने उद्देश्य छ’, सहायक रथी पाण्डेले भने, ‘वेशले पश्चिम तथा सुदूरपश्चिमका जनतालाई विपद् तथा आकस्मिक घटनाको समयमा छिटो, छरितो र प्रभावकारी ढंगबाट उद्दार तथा राहत वितरण कार्यमा थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।’ 

काठमाडौंबाट मात्रै प्रदान गरिँदै आएको हवाई सेवालाई विस्तार गर्ने क्रममा मंगलबारबाट सुर्खेतमा पनि एयरवेश सेवा सञ्चालमा ल्याइएको हो।

एयरवेश सञ्चालमा आएसँगै कर्णालीमा हुने सम्पूर्ण आपतकालिन उद्धारका कामहरु सुर्खेतबाटै हुनेछन्। सुर्खेतमा एयरवेश सञ्चालनमा आएपछि उद्धारमा लाग्ने खर्च समेत घट्ने छ। कर्णाली जस्तो विकट क्षेत्रका लागि रेस्क्यूका सम्पूर्ण कार्य तत्काल र सहज हुने अपेक्षा गरिएको छ। रेस्क्यूका लागि सुर्खेत विमानस्थल नजिक दुई वटा हेलिकप्टरहरु तयारी अवस्थामा राखिने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।