शुक्रबार, वैशाख १४, २०८१

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुपुर्दगीसम्बन्धी विधेयकको खारेजीविरुद्ध उठेको स्वस्फुर्त आन्दोलनले विकराल रूप लिएपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले आफूसँग यस्तो संकट समाधान गर्न सक्ने क्षमता अत्यन्तै कम रहेको बताएकी छन्। उनले स्थिति नियन्त्रणबाहिर जान थाले आफ्नो पदीय जिम्मेवारीबाट राजीनामा दिन सक्ने आशय दर्शाएकी हुन्। 

भारतीय समाजसेवी अन्ना हजारे अस्पताल भर्ना भएका छन्। उनको स्वास्थ्यमा समस्या देखिएपछि हजारेलाई मंगलबार अस्पताल भर्ना गरिएको हो। भारतको विभिन्न समाजिक आन्दोलनमा सक्रिय ८२ वर्षीय हजारेको छातीमा समस्या भएको जनाइएको छ। हजारेलाई महाराष्ट्रको पुणेस्थित वेदान्ता अस्पतालमा भर्ना गरिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाल्यकालमा चिया बेचेको स्थानलाई पर्यटकीय स्थल बनाइँदैछ। भारतको पर्यटन मन्त्रालयका अनुसार मोदीले चिया बेचेको बडानगर रेल्वे स्टेशन नजिकैको चिया पसललाई पर्यटकीय स्थल बनाउन लागिएको हो। 

अमेरिकाले तालिबानसँग एक सहमति गर्दै २० हप्ताभित्र ५४ सय सैनिक फिर्ता लैजान तयार रहेको बताएको छ। वाशिङ्टनका एक वार्ताकार जालमाइ खलिलजादले एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा बहुप्रतीक्षित सहमतिको विस्तृत विवरण पहिलो पटक सार्वजनिक गरेका हुन्।

अमेरिकी राज्य क्यालिफोर्नियाको सान्टा क्रुजमा एउटा डुङ्गामा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ व्यक्ति बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा ५ जनालाई जीवितै उद्धार गरिएको छ। 

हङकङका विरोध प्रदर्शन शैक्षिकलगायतका क्षेत्रमा समेत फैलिएको छ। विरोध प्रदर्शनलाई समर्थन गर्दै सोमबार करिब १० हजार विद्यार्थीले स्कुल तथा विश्वविद्यालय बहिष्कार गरेका छन्।

बहमासमा सोमबार आएको शक्तिशाली आँधी ‘डोरिअन’ ले निकै क्षति पुर्‍याएको छ। पाँचौं तहको शक्तिशाली समुद्री आँधीले तहसनहस मच्चाएको बहमासका प्रधानमन्त्री हुबेर्ट मिनिसले बताएका छन्।

चन्द्रयान-२ को विक्रम ल्याण्डरले आज मंगलबार चन्द्रयान-२ को पहिलो डी-आर्बिटिंग प्रक्रिया सफलतापूर्वक पूरा गरेको छ। अब यस यानले चन्द्रमाको दक्षिणी ध्रुवसम्म पुग्ने प्रकृया सुरु गरेको छ। 

भारतमा आर्थिक विकास दर ६ वर्ष यताकै तल्लो अंकमा झरेको छ। यसले अब देशको महत्वपूर्ण उद्योग व्यवसायको बृद्धि दरमा प्रत्यक्ष असर पार्ने देखिन्छ। हाल भारतको औद्योगिक बृद्धि दर  २.१ प्रतिशत कायम छ। यस्तो आर्थिक मन्दी कोइला, कच्चा तेल, प्राकृतिक ग्यास तथा रिफाइनरी उत्पादनको परीमाणमा गिरावट आएपछि सुरु भएको हो। 

पेरुका पूर्व राष्ट्रपति तोलेदोले आफ्नै मुलुकमा न्यायपूर्ण ढंगले कानुनी उपचार पाउनुपर्ने उनका कानुनी सहायकहरुले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।