शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नक्कली शैक्षिक प्रमाणपत्रले जागिर खाने शिक्षकविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रले जागिर खाने शिक्षकविरुद्ध मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर जागिर खाने कञ्चनपुरका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ । 

कञ्चनपुरको शंकरपुरमा रहेको भानु माध्यमिक विद्यालयमा प्रावि तहको राहत दरबन्दीमा कार्यरत शिक्षक नन्दलाल तिरुवाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

तिरुवाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै परेको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उनले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट प्राप्त हाइस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको देखिएकाले आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोईरालाले नेपाल समयलाई जानकारी दिए।

तिरुवाले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी प्राथमिक शिक्षक राहत कोटाको दरबन्दीमा कार्यरत भएर लाभसमेत लिएको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिमको कसुर गरेको दाबी गरिएको छ। तिरुवालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १० बमोजिमको सजायको माग दाबीसहित मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।