शुक्रबार, वैशाख १४, २०८१

बैंकमा रहेको जनताको साढे ३३ खर्ब कति सुरक्षित ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले चिनियाँ ह्याकरले नेपाली बैंकका एटिएमहरुबाट भाइरस प्रयोग साढे ३ करोड चोरि गरेको विषयलाई मुख्य समाचार बनाएका छन्।
 
दुई दिनको बीचमा साढे ३ करोड चोरी गरेका  चिनियाँ ह्याकरले एटिमबाट पैसा निकाल्न भाइरसको प्रयोग गर्ने र सिस्टम ह्याक गर्ने गरेको पाइएको छ ।

यसरी एटिएमबाट पैसा लुट्ने चिनियाँमध्ये प्रहरीले ५ जना ह्याकरलाई पक्राउ गरेको  छ। उनी एकले पाँच घन्टाकोबीचमा १५ सय पटक एटिएम प्रयोग गरेर आइतबार मात्रै १ करोड ७५  लाख निकालेका थिए ।
 
यहि विषयलाई मुख्य समाचार बनाउँदै आजको अन्नपूर्ण पोस्ट्ले जनताको साढे ३३ खर्ब कति सुरक्षित शीर्षकमा मुख्य समाचार छापेको छ। कान्तिपुर दैनिकले बैंको साइबर सुरक्षा नाजुक शीर्षकमा खबर लेखेको छ।

नयाँ पत्रिकाले एटिएमबाट चिनियाँले नाटकीय रुपमा निकाले एक करोड ७५ लाख शीर्षकमा खबर छापेको छ। नागरिक दैनिकले एटिएम लुट्ने चिनियाँ गिरोह पक्राउ शीर्षकमा खबर लेखेको छ । 

यो विषय बाहेक आजका सबैजसो पत्रिकाले २ सय ९९ जनालाई जाली तमसुक बनाएर मिटर ब्याजमा पैसा असुल्ने श्यामकृष्ण साह कलबार पक्राउ परेको विषयलाई पनि महत्वका साथ छापेका छन् । उनी आइतबार बेलुका पक्राउ परेका हुन् ।
 
यी विषय बाहेक कान्तिपुर दैनिकले ईपीजीमा थप अन्योल शीर्षकमा खबर लेखेको छ । सुर्खेतमा गाई हत्या गरेको विषयमा सात जनालाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको विषयलाई नागरिक दैनिकले महत्वका साथ छापेको छ। 

जनताको साढे ३३ खर्ब कति सुरक्षित ?

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार नक्कली भिसा कार्ड प्रयोग गरी चिनियाँ ह्याकरले साढे ३ करोड रुपैयाँ लुटेका छन्। नेपालका एटीएम बुथबाट १ करोड ७६ लाख निकालेको देखिएको छ।

भारतबाट १ करोड भारु झिकेको पाइएको नेपाल इलेक्ट्रिक पेइमेन्ट सिस्टम (नेप्स)का प्रमुख कार्यकारी प्रवीणप्रकाश क्षेत्रीले बताएका छन्। यो रकम निक्षेपकर्ताको खाताबाट काटिएको भने छैन। कहाँबाट आयो भन्ने यकिन नभएको क्षेत्रीको भनाइ छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २ करोड २१ लाख नेपालीसँग बैंक खाता छ। उनीहरूले ३३ खर्ब ५४ अर्ब रुपैयाँ बचत गरेका छन्। 

एटीएमबाट लुटपाटका घटनाले बचत रकमको सुरक्षामा प्रश्न उब्जाएको छ। बैंकहरूले उच्च नाफा कमाउँदा पनि प्रविधिमा लगानी नबढाएको श्रेष्ठले सुनाए। कतिपय बैंकले पैसा जोगाउन नक्कली सफ्टवेयर प्रयोग गर्ने र प्राविधिक सुरक्षामा ध्यान दिन नसकेको उनको भनाइ छ।

‘सफ्टवेयरको एउटा लाइसेन्स लिएर त्यसलाई पाइरोटिङ गर्दै चलाउने गरेका छन्’, उनले भने, ‘यसले कुनै पनि दिन ठूलो वित्तीय जोखिम निम्तिन सक्छ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनुगमन गर्छ। त्यस क्रममा यस्ता प्राविधिक त्रुटि फेला परे पनि बेवास्ता गर्ने गरेको बैंकरको गुनासो छ। 

‘नेपालजस्तो मुलुकले सबै कुरा किनेर चलाउन सक्ने अवस्था छैन’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘त्यसका लागि ज्यादै ठूलो रकम बाहिर जान्छ। त्यसैले मिलेसम्म यसरी चलाउन दिनुपर्ने अवस्था छ।’

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने घटना अनुसन्धान भइरहेको बताए। बैंकहरूको प्राविधिक क्षमता अभिवृद्धिमा थप काम गर्न आवश्यक देखिएको उनको ठम्याइ छ। 

तीन पुस्तादेखि ठग्दै आएका साहु : चौतर्फी दबाबपछि बल्ल पक्राउ

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार एक लाख ऋण दिएकालाई १० लाखको र पाँच लाख ऋण दिएकालाई करोडसम्मको तमसुक बनाएर गाउँलेको उठिवास गराएका सर्लाही मलंगवाका श्यामकृष्ण साह कलवार (श्याम परदेशी) अन्ततः पक्राउ परेका छन् ।

न्याय माग्न काठमाडौं पुगेका पीडितले दबाब सिर्जना गरेपछि प्रहरीले आइतबार साँझ सर्लाहीबाटै उनलाई पक्राउ गरेको हो ।
 
एक पटक पैसा दिएर सातपटकसम्म कागज बनाउने र उच्च ब्याजको धन्दाबाट धेरैलाई ठगी गरेकाले उनलाई ठगी मुद्दामा कारबाही गरिने प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीले बताए । पीडित स्थानीय न्याय माग्दै हाल राजधानीमा छन् । 

परदेशीको ठगी धन्दाबारे समाचार आएपछि प्रहरी उनलाई पक्राउ गर्न बाध्य भएको हो । धेरै पहिलेदेखि नै उनलाई पक्राउ गर्न पीडितले माग गर्दै आए पनि कानुनी आधार नभएको भन्दै प्रहरी पन्छिने गरेको थियो ।

लेनदेनसम्बन्धी मुद्दा भएको भन्दै प्रहरीले उनलाई पक्राउ गर्न मानेको थिएन । चर्काे ब्याजदरमा पैसा लगाएर हुने ठगीबारे अनुसन्धानमा प्रहरीले चासो दिएको थिएन ।

ईपीजीमा थप अन्योल

कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को संयुक्त प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भइरहेका बेला ईपीजीका भारततर्फका संयोजक भगतसिंह कोसियारी महाराष्ट्र राज्यको राज्यपाल (गभर्नर) नियुक्त भएका छन् ।

कोसियारी राज्यपाल नियुक्त भएसँगै ईपीजी प्रतिवेदनको कार्यान्वयनलाई लिएर थप अन्योल सिर्जना भएको छ । कोसियारी स्वयं भने आफू जुनसुकै भूमिकामा भए पनि पुरानो परिचय नफेरिने बताउँछन् । 

‘अस्थायी रूपमा जुन पदमा पुगे पनि मेरो परिचय भनेको भगतसिंह कोसियारी नै हो, त्यसैले आफ्नोतर्फबाट सकारात्मक भूमिका खेलिरहनेछु,’ उनले कान्तिपुरसँग भने । उनले ईपीजी रिपोर्ट तयार भएदेखि नै प्रधानमन्त्री मोदीलाई बुझाउन प्रयास गर्दै आएको दाबीसमेत गरे ।

कोसियारीले पछिल्लो समय नेपाल र भारतबीच सकारात्मक सम्बन्ध विकसित हुँदै गएको कारण केही ढिलो भए पनि ईपीजी प्रतिवेदन चाँडै सार्वजनिक हुने र कार्यान्वयनमा जाने बताए । 

नेपाल र भारतबीच भएका सन् १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन २०७३ सालमा गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले संयुक्त प्रतिवेदन तयार पारेको एक वर्ष बितिसक्दा पनि त्यो सार्वजनिक भएको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।