शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकले भन्यो, 'सर्वसाधारणको निक्षेप सुरक्षित छ' 

राष्ट्र बैंकले भन्यो, 'सर्वसाधारणको निक्षेप सुरक्षित छ' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाल राष्ट्र बैंकले शनिबार राति काठमाडौंका केही एटीएम ह्याक गरी रकम  झिकिएको भए पनि सर्वसाधारण जनताको रकम भने सुरक्षित रहेको जनाएको छ । 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले ह्याकरले बैंक र एटीएम मेसिनको बीचमा एक अर्को डिभाइस खडा गरेर रकम चोरी गरिएको जानकारी दिए । 

बैंकिङ प्रणाली अनुसार कुनै पनि ग्राहकले एटीएम मेसीनमा कार्ड छिराएर निकाल्न खोजेको रकम उल्लेख गरेपछि  सम्बन्धित बैंकमा सूचना पुग्छ । त्यसपछि बैंकको स्वचालित प्रणालीले माग बमोजिमको रकम खातामा रहेको जानकारी एटिएम मसिनलाई दिएपछि मात्रै रकम मेसिनबाट निस्कन्छ ।
 
‘तर, ह्याकरले एटीएमबाट ब्यांकमा सूचना जाने प्रणालीलाई अर्को नक्कली डिभाइस खडा गरी अवरुद्ध पारे भने त्यही डिभाइसबाट एटिएममा ‘रकम छ’ भन्ने सन्देश पठाएर एटिएम मेसिनबाट रकम झिक्न सफल भए,’ निरौलाले भने ।  

यस प्रकरणबाट खातावालालाई कुनै असर नपर्ने उनले बताए । तर, सम्बन्धित बैंकको भने रकम चोरिएको छ । 

यसबारे प्रहरी र राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ । 

शनिबार राति दरबारमार्गमा बैंकिङ सिस्टम ह्याक गरी रकम निकाल्दै गर्दा प्रहरीले पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट १ करोड २६ लाखभन्दा बढी रूपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्