बुधबार, वैशाख २६, २०८१

अलपत्र सहिद पार्क

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- निर्माण थालिएको आठ वर्ष बित्दा पनि गोकर्णेश्वर नगरपालिका-४, यज्ञडोल डाँडामा निर्माणाधीन राष्ट्रिय सहिद तथा शान्ति पार्क अलपत्र अवस्थामा छ । ठेकेदारको लापरवाहीका कारण पार्क अलपत्र परेको हो । चार वर्षमा सक्ने गरी २०६८ सालमा निर्माण थालिएको पार्क अझै पूरा हुन सकेको छैन ।  

पार्क निर्माणका लागि सुनौला खिम्ती जेभी, बोखिम कन्ट्रक्सन शान्ति निर्माण सेवा, सूर्य/आबी/जनपथ/जेभी, चक्रेश्वरी/सूर्यजीवन जेभी कम्पनीसँग ४६ करोड ७१ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ ठेकेदार सम्पर्कविहीन भएकाले पार्क निर्माण पूरा हुन नसकेको बताए । ‘पार्क निर्माण पूरा नहुनुमा ठेकेदारको लापरवाही देखिएको छ,’ उनले भने, ‘लामो समयदेखि ठेकेदार नै सम्पर्कविहीन छन्।’ 

पार्क तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत निर्माण थालिएको थियो । अहिले पार्कको स्वामित्व सहरी विकास मन्त्रालयमा सरेको छ । 

पार्क निर्माण पूरा गर्न सहरी विकास मन्त्रालयसँग छलफल गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । उनले ठेकेदारलाई सम्पर्कमा ल्याउन कोशिश गरिरहेको बताए । पार्क निर्माण सुचारु गर्न वडा कार्यालयको तर्फबाट गर्न सकिने सबै काम गरिरहेको उनले बताए । 

राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन समिति अध्यक्ष सुदर्शन सिग्देल पनि पार्क अलपत्र हुनुमा ठेकेदार कम्पनीकै लापरवाही रहेको बताउँछन् । ‘पार्क अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन छन्,’ उनले भने ।

उनका अनुसार पार्क अलपत्र छाड्ने ठेकेदारलाई सम्पर्कमा ल्याएर कारवाही गराउने पहल भइरहेको छ । दुई निर्माण व्यवसायी सम्पर्कमा आएको उनले बताए । 

पार्क निर्माणमा २७ करोड रूपैयाँ खर्च भइसकेको उनले बताए । पार्कको वित्तीय प्रगति ५८ प्रतिशत र भौतिक संरचनाको प्रगति ७० प्रतिशत रहेको उनले बताए ।  

उनका अनुसार दोस्रो जनआन्दोलनको अभिलेख राख्न, सहिदलाई श्रद्धा व्यक्त गर्न, सहिद भएका निजामती कर्मचारी, दुर्घटनामा निधन भएका वनविज्ञको स्मरण गर्न, शान्ति तथा एकताको सन्देश फैलाउन पार्क निर्माण थालिएको उनले बताए।

पार्कको प्रवेश शुल्क १० रूपैयाँ तोकिएको छ। यस्तै, पिकनिक जानेले छुट्टै शुल्क तिर्नुपर्छ । 

पार्क बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खुला हुन्छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।