एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको बिलबाओले रियल सोसिडाडमाथी सहज जित निकालेको छ । शुक्रबार राती भएको खेलमा एथ्लेटिकोले सोसिडाडलाई २-० गोलले पराजित गरेको हो ।
घरेलु टोली एथ्लेटिकोको जितका लागि इनाकी विलियम्स र राउल गार्सियाले एक एक गोल गरे। दुबै गोल पहिलो हाफमा सम्भव भएका थिए। खेलको ११ औं मिनेटमा विलियम्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २८ औं मिनेटमा राउलले गोल गर्दै पहिलो हाफमा अग्रता दोब्बर पारे ।
त्यसपछि दोस्रो हाफमा दुबै टोलीबाट थप गोल हुन नसक्दा एथ्लेटिकोले खेल २-० ले जितेको हो। यसजितसँगै एथ्लेटिको तीन खेलमा दुई जित र एक बराबरी सहित ७ अंक जोडेर शीर्ष स्थानमा छ । पराजित सोसिडाड समान खेलमा ४ अंकसहित नवौं स्थानमा छ ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा सेभिया र सेल्टा भिगोले १-१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा दुबै टोलीले एक एक गोल गर्दै अंक बाढेका हुन । खेलका अग्रता भने सेभियाले लिएको थियो ।
खेलको ८१ औं मिनेटमा फ्रान्को भाक्युजले गोल गर्दै सेभिलाई अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिक्न सकेन् । ८४ औं मिनेटमा सेल्टा भिगोका डेनिस सुआरेजले गोल गर्दै खेल बरारबीमा ल्याए । यस बराबरीसँगै सेभिया तीन खेलमा सात अंक सहित दोस्रो स्थानमा छ भने सेल्टा भिगो ४ अंक जोडेर आठौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४