बुधबार, वैशाख २६, २०८१

राजपा अध्यक्ष मण्डल बैठकमा एकीकरणबारे छलफल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक लामो समयपछि बसेको छ।

अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बैठक बोलाएपछि अध्यक्ष मण्डलको बैठक बसेको हो।

अध्यक्ष मण्डलको बैठक बसेपछि शनिबारका लागि बोलाइएको राजनीतिक समितिको बैठक अन्यौलमा परेको छ।

सत्तारुढ समाजवादी पार्टी नेपालसँगको एकीकरणका विषयमा राजपाभित्र विवाद चर्किदै गएको थियो। विवाद बढ्न थालेपछि समाधानका लागि अध्यक्ष मण्डलको बैठक बसेको हो।

राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले शुक्रबारको बैठकमा पार्टी एकीकरणको चर्चासहित राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिएका छन्।

संयोजक यादवले एकीकरणको मोडालिटी तथा अहिलेसम्मको प्रगतिको विषयमा जानकारी दिने काम भएको बताए।

शुक्रबारको बैठकको एजेण्डामा बाढी पीडितलाई राहत, नागरिकता विधेयकका विषयमा पनि छलफल भएको उनले जनाए।

राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले एकीकरणको विषयमा बैठकमा औपचारिक रुपमै छलफल भएको जनाए। 

पार्टीभित्र कुनै पनि विवाद नरहेको दाबी गर्दै भण्डारीले पार्टीले सबैलाई समेट्ने बताए।

स्रोतका अनुसार शुक्रबारको बैठकमा समाजवादी पार्टीसँग एकीकरणका लागि भएको विभिन्न प्रस्तावहरुमाथि पनि छलफल भएको छ।

जसमध्ये नेताहरुको वरियता र सांगठनिक संरचना लगायतको विषयमा पनि छलफल भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।