बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • काबुलबाट उडान भर्ने पाइलट भन्छन्- ४ सय सिट क्षमताको जहाजले ८ सय जना बोक्नुपर्छ

काबुलबाट उडान भर्ने पाइलट भन्छन्- ४ सय सिट क्षमताको जहाजले ८ सय जना बोक्नुपर्छ

अधिकांश यात्रुहरू या त राष्ट्रपति असरफ घानीको मन्त्रिमण्डलमा थिए वा कुनै न कुनै तरिकामा सरकारको एउटा भागमा थिए।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

पेरिस (फ्रान्स)- काबुल र वरपरको वातावरण भयानक देखिन्छ। जमिनको अवस्था अस्तव्यस्त छ तर विमानचालकका लागि सही समयको सही व्यवस्थापन आवश्यक हुन्छ। यात्रुहरू थकित र तनावग्रस्त हुन्छन्। तालिबान नियन्त्रित काबुलबाट विदेशी नागरिक र अफगानहरूलाई उद्धार गर्ने विमानको रेखदेख गर्ने पाइलटका लागि अफगानिस्तानको राजधानी भित्र र बाहिर को उडान अन्य सामान्य यात्रा भएको छैन। 

triton college

विमानचालकहरूले उच्च भूभागमा पहाडहरूले घेरिएको विमानस्थलको जटिलता उचाइबाट नै पहिलेदेखि सामना गरिरहनु परेको छ। 

सैन्य विमान र उद्धार उडानको प्रमुख यात्रा केन्द्र भएका कारण आकाशमा हवाई ट्राफिक हुनेहुँदा दुर्घटनालाई जोगाउनु चालकहरूका लागि सहज छैन। पश्चिमी राष्ट्रहरूले सर्वसाधारणको सुरक्षाका लागि दोस्रो विश्वयुद्धपछि सबैभन्दा जटिल उद्धार कार्यलाई बन्द गर्न थालिसकेको बताउने विमानचालकहरूले एएफपीका पत्रकारहरूसँग अवतरणका अनुभवहरू बाँडेका छन्। उनीहरूले गन्जागोल अवस्थाबीच नै उनीहरू काबुल विमानस्थलबाट उडेको अनुभव उनीहरूले बताए।

फ्रान्सेली ए–४००–एम सैन्य परिवहन विमानका कप्तान कमान्डर स्टेफनका अनुसार विमानस्थलमा ५ हजार ८०० अमेरिकी सैन्य अधिकारीहरू तैनाथ भएका छन्। अमेरिकी सेनाले ‘सबै हवाई आकाशको ट्राफिक नियन्त्रण, विमानस्थल नियन्त्रण, टावर नियन्त्रण, उडान तथा अवतरण तालिकालाई सञ्चालन गरिरहेका हुन्छन्। 

विमानचालकहरूले उच्च भूभागमा पहाडहरूले घेरिएको विमानस्थलको जटिलता उचाइबाट नै पहिलेदेखि सामना गरिरहनु परेको छ। 

एएफपीसँग अल–धाफ्रास्थित फ्रेन्च आधार शिविर १०४ (फ्रान्सले प्रयोग गरेको ट्रान्जिट बिन्दु) मा आफ्नो थर नबताउने सर्तमा छोटो अनुभव सेयर गरेका छन्। 'यो विमानजस्तै हामीलाई हाम्रो प्रणालीले पनि धेरै सहयोग गरेको हुन्छ। हाम्रो अवतरणलाई दृष्यको सहयोगमा अन्त्य गर्छौं,' उनले थपे, 'सूचना प्रविधि प्रणालीले हामीलाई धेरै मद्दत गर्ने हुनाले हामीलाई बाहिर ध्यान केन्द्रित गर्न र खतराको निगरानी गर्न सहयोग पुग्छ। सम्भाव्य क्षेप्यास्त्र आक्रमणबाट ए–४००–एमले प्रक्षेपणलाई छक्याउन तीव्र ताप उत्पन्न गर्ने अवरक्त सङ्केतहरू खसाल्न सक्छ। धावनमार्ग नजिकै पुग्दा विमान हाम्रो दृष्टिमा आएका खतराबाट बच्न चनाखो हुनुपर्छ।' 

corrent noodles
Metro Mart

आउँने र जाने विमानको एयर ट्राफिकलाई ‘पानाको सूत्रबद्ध संगीतजस्तै व्यवस्थित गरिएको स्टेफनले बताए। उनले भने, 'सबै राष्ट्रबाट आउने जाने विमानका कारण यति धेरै एअर ट्राफिक थियो कि व्यवस्थित नभएको भए उद्धार सम्भव हुने नै थिएन।'

विमान चालकहरूले ‘अवतरण र उडेको आधा घण्टा’ मात्र आफ्नो ‘स्लट’ को ‘पूर्णतया’ आदर गर्नुपर्ने बताउँदै उनले भने, 'जमिनमा धेरै जहाजहरू थिए। तर ती ‘सुव्यवस्थित’ तवरले उडाइयो।'

अगस्ट १५ मा काबुल तालिबान समूहको नियन्त्रणमा गएको थियो। अन्तर्राष्ट्रिय समुदायले अनुमान नगरेको तालिबानको यो गतिले हजारौंलाई शहरको विमानस्थलतिर भीड लाग्न बाध्य बनायो। 

यो तत्काल देश बाहिर जाने एक मात्र विकल्प थियो। 'त्यो बिहान यात्रु वाहक विमान अवतरण गर्दा सबै कुरा सामान्य देखिएको थियो,' पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए) का पाइलट मक्सुद बराजनीले भने, 'फर्कने उडान सुरु गर्नुपूर्व निर्देशनको प्रतीक्षा गर्दै थियौं। मैले बाहिर त्रास छ भन्ने कुरा थाह पाउन थालें। स्थिति सामान्य थिएन। विमानस्थलभित्र धेरै मानिसहरू हतार–हतार गरिरहेका थिए। कतै गोली चलेको पनि सुनियो।'

अर्को विमानलाई पछ्याउन जहाजलाई अगाडि बढाउन थालेका समय नियन्त्रणद्वारा यात्रुको फ्लो बढी भएको बताइएको र विमान अघि नबढाइएको बार्जानीले भने। त्यसपछि उनले स्थिति सामान्य नभएकोले अनुमति नपाएपनि उड्नु पर्ने त होइन भनी सहचालकसँग सल्लाह लिएका थिए। 

'एक घण्टाको परिस्थिति नियालिसकेपछि मैले विमानलाई उडाएँ। आकाश सफा थियो जसले गर्दा मैले सैन्य ट्राफिक जामबाट बच्न सहज भयो। चिनूक, गनसिप हेलिकप्टर र अरू केही मालबाहक विमानहरू आकाशमा देखिन्थे,' उनले भने, 'केही मिनेट ढिला गरेको भए हामी उड्न सक्दैनथ्यौँ। त्यो नै उक्त दिनको अन्तिम व्यापारिक उडान थियो।'

उनका पिआईए सहकर्मी उजाइर खान सोही दिन केही समयअघि काबुल विमानस्थलबाट उडेका थिए। उनले यात्रुहरूलाई आतङ्कित अवस्थामा देखेर पनि विमानमा शान्त बन्नु परेको स्मरण गरे। 

'अधिकांश यात्रुहरू या त राष्ट्रपति असरफ घानीको मन्त्रिमण्डलमा थिए वा कुनै न कुनै तरिकामा सरकारको एउटा भागमा थिए। तिनीहरू आफ्नो परिवारसहित देश छोडेर भागिरहेका थिए र हामीलाई सकेसम्म चाँडै भाग्न दबाब दिइरहेका थिए,' उनले वस्तुस्थिति बताए, 'त्यहाँ कुनै सञ्चार थिएन र प्राविधिक निर्देशन पनि सबै हामी आफैँमा निर्भर थियो। परिस्थितिलाई आफैँले नियन्त्रणमा राख्न मलाई भनिएको थियो। यात्रुहरू कुनै पनि हालतमा उड्न र अफगानिस्तानबाट बाहिर निस्कन चाहन्थे र विमान अन्तमा इस्लामावाद आइपुग्दा बल्ल राहतको अनुभव भयो।' 

पछिल्ला दिनहरूमा गन्जागोल बढ्यो। रोयल एयर फोर्सले जारी गरेको ब्रिटिश सी–१७ को फोटोमा मानिसहरू ७/८पङ्क्तिमा भुइँमा बसिरहेका थिए। 

फ्रान्सेली आधार १०४ का कमान्डर कर्नेल यानिक डेबोइसकाले भने, 'यस्तो वेला विमानचालक तर्कसंगत रहनुपर्छ, धेरै टाढा जान नपर्ने अवस्थामा विमानको प्रदर्शन विश्लेषण गर्नुपर्छ र लिन सक्ने अधिकतम नम्बर मात्र स्वीकार गर्नुपर्छ।'

एक फ्रान्सेली ए–४००–एममा सामान्यतया ११० सीट हुन्छ तर यहाँ हामीले २३५ जनासम्म राखियो। यात्रुहरू भुईमा तर सुरक्षित अवस्थामा बसिरहेका थिए।

अमेरिकी सी–१७ विमानमा ४०० भन्दा धेरै यात्रुहरूलाई भुईमा राखी बोक्नको लागि डिजाइन गरिएको हुन्छ। तर सुरुतिरका उडानमध्ये एउटा उडानले ८२९ बोकेको थियो। 'यो तौलसम्बन्धी सबैभन्दा महत्वपूर्ण प्रश्न हो र यात्रुहरूको सङ्ख्या धेरै भएपनि यसमा थुप्रै केटाकेटीहरू पनि पर्छन्,' कमान्डर स्टिफनले बताए, 'जमिनबाट उडेपछि मात्र काम सजिलो हुन्छ। मानिसहरू थकित हुन्छन्। साधारणतया, तिनीहरू सुत्छन्। हामी आफ्नो काम गर्छौं।'

(यो सामग्री एएफपीका लागि म्याथ्यु रबिसाल्ट, भलेरी लेरक्स र अल दाफ्राले तयार पारेका हुन्।)

प्रकाशित: Aug 28, 2021| 18:47 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।