शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सीमा अपराध नियन्त्रण गर्न नेपाल-चीनका सुरक्षा अधिकारीबीच वार्ता  

सीमा अपराध नियन्त्रण गर्न नेपाल-चीनका सुरक्षा अधिकारीबीच वार्ता  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
हुम्ला- नेपाल-चीन सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्न चीनको ताक्लाकोटमा बसेको दुवै देशका सुरक्षा अधिकारीबीच वार्ता भएको छ ।  

सीमा सुरक्षा वार्तामा नेपाली टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको गरेकी थिइन् भने चिनियाँ पक्षको नेतृत्व पुराङ्ग काउण्टीका सिडिओ किउसीले गरेका थिए । 

नेपाली वार्ताटोली संयोजक भट्टराईका अनुसार वार्तामा चिनियाँ पक्षले तिब्बती नागरिक नेपाल हुँदै बिनाप्रवेशाज्ञा भारत जान रोक लगाउनुपर्ने, सीमामा हुने अनैतिक कार्य बन्द गर्नुपर्ने, मानिस आवतजावत गर्ने नाकामा संयुक्त सुरक्षा पोस्ट बनाई आवतजावतमा कडाइ गर्नुपर्ने, हिल्सा नाकाबाट हुने सुन तस्करी बन्द हुनुपर्ने, अवैधरूपमा हुने हातहतियार तथा मानव तस्करी र विभिन्न खाले सामानको ओसारपोसारमा रोक लगाउनुपर्ने भन्ने एजेण्डा अघि सारेको थियो ।

चिनियाँ पक्षले सिमाना जोडिएका नाकामा तिब्ब्तीहरूको आवतजावतमा कडाइका साथै जाँच गर्ने, अनधिकृत प्रवेशमा रोक लगाउने, चीनविरोधी गतिविधिमा संलग्नलाई निगरानी गर्नेलगायत विषयमा छलफल भएको नेपाली वार्ताटोली संयोजक भट्टराईले बताइन् । तर, दुवै देशबाट लिखितरूपमा निर्णय गर्ने अधिकारी नआएपछि लिखित सम्झौता भने नभएको उनले प्रष्ट्याइन् । 


 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।