शुक्रबार, वैशाख १४, २०८१

डेंगु राेक्न ललितपुर महानगरले लामखुट्टे नियन्त्रण गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ललितपुर- ललितपुर महानगरपालिकाले डेंगु रोक्न लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम संचालन गर्ने भएको छ। 

ललितपुर महानगर क्षेत्रमा पनि डेंगुका बिरामी देखिएपछि महानगरको कार्यपालिका बैठकले लामखुट्टे नियन्त्रण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो।

महानगरपालिका मेयर चिरीबाबु महर्जनले भने, ‘ललितपुरमा डेंगु प्रभावित बिरामी देखिएकाले थप सजगता अपनाउन यस्तो निर्णय गरेका हौं।’ 

महानगरको पहिलो दायित्व नगरवासीको सुरक्षा भएको बताउँदै मेयर महर्जनले सम्बन्धित निकायका विज्ञहरुसँग छलफल गरेर कार्यक्रम ल्याउन लागिएको बताए।

सामाजिक विकास समितिका संयोजक तथा वडा नं २४ का वडा अध्यक्ष दिनेश कार्कीले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक भएको बताए। उनले भने, ‘जनचेतना आवश्यक छ, वडा–वडामा छलफल गरेर कार्यक्रम ल्याउँछौ।’

डेंगु रोग 

डेंगु भाइरस भएका पोथी लामखुट्टेले टोकेपछि लाग्छ। फुल पार्न पोथी लामखुट्टेलाई पौष्टिक तत्व आवश्यक भएकाले मान्छेको रगत मार्फत् उक्त पौष्टिक तत्व प्राप्त गर्न लामखुट्टेले मान्छेलाई टोक्छ। 

यो लामखुट्टे सेतो र कालो रङको छिर्केमिर्के देखिन्छ। घर वरिपरी जमेको पानीमा यस्तो लामखुट्टे बस्छ। फुल पनि त्यही पानीमा पार्छ।

लक्षण र बच्ने उपाय

यस्ता लामखुट्टेको टोकाइबाट बच्न दिउँसोको समयमा सुत्दा पनि झुल हालेर सुत्ने तथा घर वरिपरीका खाल्डा खुल्डीमा पानी जम्न नदिने गर्नुपर्छ।

डेंगु लाग्दा आँखाको जोर्नीहरु दुख्छन्। पखाला पनि लाग्छ। छालामा राता र निला बिमिरा देखिन्छन्। यी सामान्य लक्षण हुन्।

केही मानिसमा जटिलताहरु देखिन्छन्। मुख र गिजाबाट रगत बग्छ। रक्तसंचार प्रणालीमा रगतको मात्रा कम हुन्छ। 

रगतको कमी हुने र संवेदनशील अंगमा रगत पुग्नन सकेपछि बिरामीको मृत्यु हुन्छ। 

जटिल समस्या देखिएपछि बिरामीलाई अस्पतालमा नै भर्ना गर्नुपर्ने चिकित्सकहरुले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्