शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बुहारी हत्याको अभियोग लागेका व्यक्तिको कारागारमा मृत्यु

बुहारी हत्याको अभियोग लागेका व्यक्तिको कारागारमा मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- बुहारी हत्याको अभियोगमा महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ। जनकपुरधाम–२ किशोरी नगर बस्ने ६७ वर्षीय देवनारायण ठाकुरको बुधबार मृत्यु भएको हो।

विगत दुई वर्षदेखि जलेश्वर कारागारमा रहेका ठाकुरको उच्च रक्तचापबाट ज्यान गएको प्रहरीले जनाएको छ।

अचानक रक्तचाप उच्च भएपछि उनलाई उपचारको लागि जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो। ठाकुरको उपचारकै क्रममा मृत्यु भएको जेलर मकसुदन महासेठले जानकारी दिए।

ठाकुर २०७४ पुष ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षका लागि थुनामा थिए। कान्छा छोरा आनन्दमोहन शर्माकी श्रीमती २२ वर्षीय रञ्जना शर्माको हत्या अभियोगमा जिल्ला अदालत धनुषाले ठाकुरलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा राख्न आदेश दिएको थियो।

आनन्दमोहन र रञ्जनाको विवाह भएको एक वर्षमात्र भएको थियो। जनकपुरस्थित कृष्णा नर्सिङ कलेजमा अध्ययनरत रञ्जना २०७४ मंसिर ८ गते बिहान आफ्नो घरमा मृतअवस्थामा फेला परेकी थिइन्।

छोरीको हत्या भएको भन्दै सिरहा नगरपालिका–१८ लक्ष्मीनिया बस्ने रञ्जनाकी आमा प्रभा देवी शर्माले उनका ससुरा देवनारायण, श्रीमान् आनन्दमोहन, जेठाजु अरबिन्दकुमार शर्मा, जेठाजुकी श्रीमती रिंकु शर्मा र सासु सुमित्रा शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जोहेरी दिएकी थिइन्। तर ससुरा देवनारायणले घटनाको सम्पूर्ण जिम्मेवारी आफैले लिएपछि परिवारका अन्य सदस्यहरु जोगिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।