शुक्रबार, वैशाख १४, २०८१

'संघीयता र संविधानमाथि सरकारबाटै खतरा'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सराकारबाटै संघीयता र लोकतन्त्रमाथि खतरा रहेको बताएका छन्। निधिले केपी ओली नेतृत्वको वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएकोले लोकतन्त्र, संघीयता र संविधानमाथि खतरा बढेको दाबी गरेका छन्।

सर्लाहीको लालबन्दीमा नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघले आयोजना गरेको प्रदेश २ स्तरीय प्रशिक्षणको उद्घघाटन कार्यक्रममा बोल्दै उपसभापति निधिले  झण्डै १८ महिनाको कार्यकालमा अहिलेको सरकारले जनतालाई भलो हुने कुनै काम गरेर देखाउन नसकेको बताए। ' सरकारको कामकारबाही जनहितविपरित बढेर गएको छ,' निधिले भने,' महंगी बढ्दै गएको छ तर सरकारको ध्यान त्यसतर्फ पुगेको छैन्।'

संघीयता र लोकतन्त्रविरोधी गतिविधिबारे जनताले बुझिसकेको भन्दै उनले जनताको आँखामा छारो हाल्ने सरकारको प्रयास अब कुनै हालतमा सफल नहुने जिकिर गरे।  ' सरकारको संविधानविरोधी क्रियाकलापको चौतर्फी आलोचना भइरहेको छ,' उनले भने,'आलोचनाबाट जोगिन र जनताको ध्यान अन्यत्र मोड्न सरकारले संविधानमाथि खतरा रहेको भन्न थालेको छ। संविधान र लोकतन्त्रमाथि अरू कसैबाट होइन सरकारबाट मात्र खतरा छ।' कम्युनिस्टको शब्दकोषमा संघीयता भन्ने कुरा नरहेको भन्दै उनीहरुले बाध्यतावश अहिलेको प्रणाली स्वीकारेको निधिले बताए।

मुलुकमा आएको हरेक संकटविरुद्ध कांग्रेसले नेतृत्व गरेको स्मरण गराउँदै निधिले अहिलेको सरकारविरुद्ध आन्दोलनको लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए। उनले मुलुकमा तेस्रो सबैभन्दा बढी जनसंख्या भएको मगर समुदायलाई अधिकारसम्पन्न बनाउन कांग्रेसले हरेक प्रकारको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। प्रदेश २ मा ६४ हजारभन्दा बढी संख्यामा मगर समुदायको संख्या रहेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।