शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ मा रिसर्च सेन्टर खोल्न सक्रिय हुँदै अक्सफोर्ड प्राध्यापक आचार्य

प्रदेश १ मा रिसर्च सेन्टर खोल्न सक्रिय हुँदै अक्सफोर्ड प्राध्यापक आचार्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी – बेलायतको अक्सफोर्ड बेलायतको नम्बर एक विश्वविद्यालय हो। यसै विश्वविद्यालयमा पढाउँछन् नेपालका एक प्राध्यापक डा. दिवाकर आचार्य। सन् २०१६ अप्रिलबाट अक्सफोर्डमा पढाउन थालेका आचार्य विश्वविद्यालयमा प्राध्यापक हुने पहिलो नेपालीसमेत हुन्। उनै आचार्य अहिले प्रदेश १ मा रिसर्च सेन्टर खोल्न दौडधुप गरिरहेका छन्। 

शुक्रबार इटहरीका सांसद लिलम बस्नेतसँग भेटिएका प्राडा आचार्यले भने, ‘नेपालमा पनि पूर्वि नेपाल रिसर्च सेन्टर (अनुसन्धान केन्द्र) स्थापनाको लागि धेरै राम्रो क्षेत्र भएकोले म सक्रिय छुँ। सांसद लिलम बस्नेत देखि मुख्यमन्त्री शेरधन राईसम्म सबै सकरात्मक हुनुहुन्छ।’ शुक्रबारै मुख्यमन्त्री राई देखि प्रदेश १ का मुख्यसचिव सुरेश अधिकारीसँग पनि कुराकारी भएको आचार्यले बताए। 

उनले विश्वभरका अनुसन्धानकर्मी नेपाल आएर यहाँको हिमाल, पहाड, तराईको जडिबुटि, कृषि, दर्शन देखि इन्जिनियरिङ क्षेत्र सम्मका रिसर्चहरु गर्नसक्ने गरि आफूले प्रदेश १ मै ‘लन्च प्याड’ बनाउन खोजेको बताए। उनले भने, ‘छोटो समयको लागि अनुसन्धान गर्न आउने देखि लामो समय निरन्तर अनुसन्धान गर्न चाहने विश्वका अनुसन्धानकर्मीहरुलाई यो रिसर्च सेन्टर महत्वपूर्ण हुनेछ।’

हालसम्म नेपाल र नेपालीहरु पछि पर्नुमा स्तरीय रिसर्च र रिसर्च सेन्टरहरु नहुनु मुख्य कारण भएकोले रिसर्च सेन्टरमा आफूले जोड गरेको आचार्यले बताए। नेपाल संस्कृत विश्वविद्यालय देखि जर्मनीको ह्यामबर्ग हुँदै जापानको क्योतो विश्वविद्यालयसम्ममा दुई दशक बढिको प्राध्यापन देखि रिसर्चमा सक्रिय आचार्यले प्रदेश १ मा रिसर्च सेन्टर बनेमा प्रदेश १ ले फड्को मार्ने बताए। उनी भन्छन, ‘यो रिसर्च सेन्टर बनेपछि म जस्तै विभिन्न देशका विश्वविद्यालयमा भएका नेपाली तथा नेपाललाई माया गर्ने विदेशीहरुले यहीँ आएर अनुसन्धान गर्ने वा यहाँका अनुसन्धानदातालाई सहयोग गर्नेछन्।’

थोरैमा तीन बिगाहा जग्गाको क्षेत्रफल र तीन करोड हाराहारीको भौतिक संरचनामा खर्च भएपछि रिसर्च सेन्टरको आधार बन्ने आचार्य बताउँछन्। सुरुमा नेपाल आएर रिसर्च सेन्टर खोल्ने अभियानमा आफूलाई राजनीतिले निराश बनाएको तर अहिले आशा जागेको आचार्यले बताए। अब राजनीतिक स्थायीत्व हुने संभावना बढेकोले नेपाल आएर रिसर्च सेन्टर स्थापनाको काममा सक्रिय भएको उनले बताए।

प्रदेश सरकारले कानुन ल्याएर रिसर्च सेन्टरको प्रमुख मान्छे मुख्यमन्त्री वा मुख्य सचिव हुनेगरी बनाउन सकिने उनी बताउँछन्। आचार्य भन्छन, ‘दिर्घकालीन संरचना, त्यसको प्रशासकीय कर्मचारी संयन्त्रका कामहरु प्रदेश सरकारले गर्ने हो भने बाँकी काम विज्ञहरुले गर्छौं।’ 

प्रदेश १ मा संचालनको तयारी भएको रिसर्च सेन्टर विमानस्थलबाट धेरैमा एक घन्टा टाढाको स्थानमा हुने र यो एसियाली स्तरको हुने आचार्य बताउँछन्। काठमाडौंको पशुपति क्षेत्रमा जन्मेका प्राध्यापक डाक्टर आचार्य भन्छन, ‘प्रदेश १ मा जैविकता, भौगोलिक विविधता, राम्रो साक्षरता दर र रणनीतिक लोकेसनमा भएकोले एसियाली स्तरको रिसर्च सेन्टर संचालन गर्न सहज छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।