शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपा नेता भन्छन् : ‘माधव नेपालको फरक मत हाम्रो सम्पत्ति’

नेकपा नेता भन्छन् : ‘माधव नेपालको फरक मत हाम्रो सम्पत्ति’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्र बहस भएको विषयलाई थेग्नै नसक्ने गरी विवाद भएको भनेर उछाल्न नहुने धारणा राखेका छन्। उनीहरुले पार्टीभित्र हुने बहस, विवाद र फरक मत राखेको विषयलाई उचाल्न नहुने पनि स्पष्ट पारेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्यद्वय देवेन्द्र पौडेल र आनन्द कुमार पोखरेलले नेकपा विचार केन्द्रित पार्टी भएकोले छलफल, विचार र बहस हुनु नौलो कुरा नभएको जिकिर गरे। 

नेता पौडेलले पार्टीभित्र भएका विचार तथा बहसहरु आन्तरिक रुपमा हल गर्न सकिने विषय भएको सुनाए। उनले भने,‘हाम्रो पार्टीभित्र नेताहरुबीच भएका बहस, विचार र मन्थन थेग्न नसक्ने र सम्हाल्न नै नसक्ने खालका होइनन् । आन्तरिक रुपमा हामी हल गर्छौं।’

पौडेलले पार्टीको एकता महाधिवेशनसम्म सहमति र समझदारीका साथ अघि बढ्ने विश्वास दिलाए । उनले भने,‘को सिनियर, को जुनियर ? भन्ने कुरा यो त पार्टीभित्रको स्वभाविक र जीवन्त प्रक्रिया हो । पार्टीका बैठकहरुमा यस्तैखाले कुराहरु हुन्छन्।’ उनले पार्टीभित्र आन्तरिक विवाद भयानक नै भयो भन्ने बाहिरी हल्लामा कुनै सत्यता नभएको जिकिर गरे । 

उनले पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले राखेको ‘नोट अफ डिसेन्ट’ को प्रसंगमा पनि पार्टी पद्धतीअनुसार चल्नुपर्छ भन्ने कुरा पार्टीको सम्पत्तिको रुपमा रहने बताए। उनले भने,‘पार्टीभित्र कुरा राख्दा के नौलो भयो र ? ढुक्क हुनुहोस, पार्टी एकीकरण धेरै कुरा भैसकेका छन्, अब केही खाली ठाउँ भर्ने काम छन् ।’

अर्का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री आनन्द कुमार पोखरेलले सिंगो कम्युनिष्ट आन्दोलनभित्र मतभेद, विभेद रहँदै आएको सुनाउँदै अहिले पार्टीभित्र भएको छलफल तथा बहसलाई ठूलो रुपमा लिन नहुने स्पष्ट पारे । उनले तत्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमाले दुवैबीच लक्ष्यमा भिन्नता नभएको बताए। 

उनले कम्युनिष्ट आन्दोलनमा सानातिना बहस तथा छलफल हुनु स्वभाविक र सामान्य विषय भएकोले अहिलेपनि पार्टीभित्रको बहस र छलफलले यति धेरै चर्चा पाउनुपर्ने विषय नै नभएको जिकिर गरे । उनले भने,‘बैठकमा माधव नेपालले नोट अफ डिसेन्ट राख्नुभयो, यसलाई हाउगुजी बनाईयो, हुन त यो मिडियाको आफ्नो धर्म पनि होला। तर, बैठकमा पत्रकारहरु त हुनुहुन्थेन।’

पार्टी सही दिशमा अघि बढिरहेकोले पार्टीभित्र हुने छलफल र बहसले एकतामा फरक नपर्ने उनको स्पष्टोक्ति थियो। उनले भने, ‘ माधव नेपाल १५ वर्ष पार्टीको नेतृत्व गरेको नेता हुनुहुन्छ, उहाँले पार्टीभित्र राखेको नोट अफ डिसेन्ट हाम्रो सम्पत्ति हो।’ 

शान्ति प्रक्रियाका महत्वपूर्ण काम पूरा गर्नको लागि प्रमुख दलहरुबीच सहमति बनेको र सोहीअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गर्नेदेखि लिएर प्रधानमन्त्री नहुँदापनि मन्त्रिपरिषद् बैठक बस्ने, अर्को अध्यक्षले बैठकको अध्यक्षता गरेर एकताका बाँकी काम पूरा गर्नेलगायतका सकारात्मक कुराहरु अघि बढेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।