शुक्रबार, वैशाख १४, २०८१

रिचार्जर एपको नयाँ भर्सन अपडेट, यस्तो छ अफर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – मोबाइलएप रिचार्जरले मोबाइलएपको नयाँ भर्सन सार्वजनिक गरेको छ । यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गरिने भएको छ । 

यही भदौ २५ गते दिउँसो साढे ४ बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ। 

यस्तै नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजीलाईफ, इजी सोलुसन’ भन्ने नाराकासाथ सेवा दिइरहेको रिचार्जरले यहि भदौ ११ गतेदेखि २ सातासम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो। ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजनासहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो। विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गर्न लागेको जानकारी दिएको छ।

डिजिटल सपिङ हबमा आफुलाई अब्बल बनाउँदै गएको रिचार्जरले नेपालमै पहिलो पटक मोटरसाइकल, गाडीसमेत बुकिङ गरी किस्ताबन्दीमा किन्न सकिने व्यवस्थ मिलाएको छ। 

मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजेरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ। यसका साथै बुबाको मुख हेर्ने दिनलाई लक्षितगर्दै रिचार्जरले उपहारको सामानसंगै केक तथा फूलको गुच्छासहितको गिफ्ट प्याकेज उपत्यकाभित्र १ घण्टामा घरमै डेलिभरी दिने व्यवस्थ मिलाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्