बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारपछि हत्या मुद्दाको पेशी ९ पटक सर्‍यो, पीडित झन पीडामा

बलात्कारपछि हत्या मुद्दाको पेशी ९ पटक सर्‍यो, पीडित झन पीडामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी- एक वर्षअघि सामूहिक बलात्कारपछि हत्या गरिएकी कैलाली गौरीगंगा नगरपालिका-११ की माया विकको मुद्दाको पेशी नौ पटक सरेको छ।

जघन्य अपराधका मुद्दालाई निरन्तर सुनुवाइमा राखेर छिटो टुङ्ग्याउनुपर्ने कानुनी व्यवस्था भए पनि कैलाली जिल्ला अदालतमा उक्त मुद्दाको पेशी पटकपटक सर्दै आएको हो।

गत वर्ष असार १२ गते मायाको सामूहिक बलात्कारपछि हत्या गरेको अवस्थामा गाउकै जङ्गलमा शव भेटिएको थियो। गत वर्षको साउन १३ गते जिल्ला अदालतमा अपहरण, जबर्जस्ती करणी र कर्तव्य जान गरी तीनवटा मुद्दा पाँच जनाविरुद्ध दर्ता भएका थिए।

पछिल्लो पटक बिहीबार प्रतिवादीका कानुन व्यवसायीको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको हो। बिहीबारसमेत अहिलेसम्म प्रतिवादीका कानुन व्यवसायीबाट र सरकारी वकिलबाट चारचार पटक र एक पटक इजलास नै नबसेर मुद्दाको पेशी सरेको जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ। एक वर्षसम्म सुनुवाइ नै सुरु नहुँदा पीडित परिवारमा निराशा छाएको छ।

मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ९६ अनुसूचीमा ३० मा जबर्जस्ती करणी, घरेलु हिंसा, जिउ मास्ने–बेच्नेलगायत ६ प्रकारका मुद्दालाई निरन्तर सुनुवाइ गरेर टुङ्ग्याउनुपर्ने भनिएको छ। द्रुतमार्गमा टुङ्गो लाग्नुपर्ने मुद्दामा सुनुवाइ नै सुरु हुन सकेको छैन।

अभियुक्तहरू गौरीगंगा–११ का गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटी पुर्पक्षका लागि थुनामा छन्।

घटना विवरण

सहकर्मी गणेश बडुवालले राखेको यौन प्रस्ताव अस्वीकार गर्दा मायाको बलात्कारपछि हत्या गरिएको प्रहरीको भनाइ छ।

मायाले गत वर्ष असार ५ गतेबाट गौरीगंगा नगरपालिकामा करारमा तथ्यांक संकलकको काम पाएकी थिइन्।

उनीसँगै कार्यरत गणेश बडुवालले असार ८ गते मायासँग यौन सम्पर्कको प्रस्ताव राखेको र प्रस्ताव अस्वीकार भएपछि ११ असारमा जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

जबर्जस्ती गरेपछि मायाले धम्की दिएकी र अरूलाई भनिदिने डरले बडुवालले अन्य चारजनासँग मिलेर १२ असारमा मायाको बलात्कार गरी हत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ।

प्रहरीका अनुसार जङ्गलमा पाँचै जनाले बलात्कार गरेको र त्यही क्रममा उनको मृत्यु भएको बयान अभियुक्तहरूले दिएका छन्।

गाउँमा तथ्याङ्क सङ्कलनका लागि १२ असारमा घरबाट निस्केपछि बेपत्ता उनकोे चार दिनपछि जङ्गलमा दोपट्टाले हात पछाडि बाँधिएको र मुखमा पात कोचिएको अवस्थामा मायाको शव फेला परेको थियो।

मायाका बुबा हर्कबहादुरले बलात्कारपछि हत्या जस्तो जघन्य अपराधको मुद्दामा एक वर्षसम्म सुनुवाइ नै सुरु नहुँदा न्यायको अनुभूति गर्न नपाएको गुनासो गरे। छोरीको बलात्कारमा संलग्नलाई सजाय भएको हेर्न चाहेको उनले सुनाए।

‘फैसला हुने भन्ने खबर सुनेर थुप्रो पटक अदालत पुगे पनि पेसी सरेकोसर्‍यै हुँदा छिटो फैसला भएर दोषीले सजाय पाउने अवस्था आउदैन कि भन्ने उनमा चिन्ता छ।

प्रदेश सरकार र स्थानीय तहले घोषणा गरेको राहत लिन पनि पीडित परिवारले अस्वीकार गरेको छ।

गत भदौमा सुदूरपश्चिम प्रदेश सरकारले पाँच लाख र गौरीगंगा नगरपालिकाले एक लाख रुपैयाँ राहत स्वरूप मायाका परिवारलाई दिने निर्णय गरेका थिए। तर, न्याय पाएपछि मात्र राहत लिने भन्दै मायाका आफन्तले अहिलेसम्म राहत बुझेका छैनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।