शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नेकपामा दाहाललाई कार्यकारी अधिकार : एकता टुंग्याउने जिम्मा 

नेकपामा दाहाललाई कार्यकारी अधिकार : एकता टुंग्याउने जिम्मा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं–  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक पार्टीको कार्यकारी अधिकार पाएका छन् । 

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले दाहाललाई कार्यकारी अधिकार दिएको हो । 

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएकाले एकताको प्रक्रिया पूरा गर्ने जिम्मेवारी पनि प्रचण्डलाई नै दिइएको छ। 
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा पार्टी एकता र जिम्मेवारी बाँडफाँडका विषयमा छलफल भए पनि सहमति जुट्न सकेन। 

सहमति जुट्न नसक्दा एकता प्रक्रियाको सम्पूर्ण कार्य पूरा गर्न अध्यक्ष दाहाललाई जिम्मेवारी दिइएको श्रेष्ठले जानकारी दिए । 

केही दिनभित्रै दाहालले बैठक बोलाएर एकता प्रक्रिया टुंगो लगाउने श्रेष्ठले बताए। 

केही दिनअघि मात्र स्वास्थ्य उपचार गरी सिंगापुरबाट फर्केका ओली बुधबार पुनः उपचारका लागि सिंगापुर जाँदैछन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार ओलीको उपचारमा समय लाग्न सक्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।