शुक्रबार, मंसिर २७, २०७६
काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार रुस–चीन ग्यास पाइपलाइन उद्घाटन गरेका छन्। चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार यो पाइपलाइनबाट रुसबाट साइबेरिया हुँदै उत्तरी चीनसम्म प्राकृतिक ग्यास पुर्याइनेछ।
तीन हजार किलोमिटर उक्त पाइपलाइनले रुस–चीन सम्बन्ध र सहकार्यलाई अर्को उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।