शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पारसको जवाफ- प्रहरीले छाेरालाई लाठी ताकेपछि होस गुमाए 

पारसको जवाफ- प्रहरीले छाेरालाई लाठी ताकेपछि होस गुमाए 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- पूर्वयुवराज पारस शाहले आइतबार बिमानस्थलमा प्रहरीमाथि भएको दुव्र्यवहारबारे मुख खोलेका छन् । 

सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले छोरामाथि प्रहरीले गरेको दुव्र्यवहार हेर्न नसकेर आफू आवेश आएको बताएका छन् । उनले यो घटनाप्रति माफि माग्दै यस विषयमा नेपाली जनताले नै फैसला गर्ने पनि उल्लेख गरेका छन् । 

बैँकक जान लागेकी आफ्नी आमालाई छाड्न पारस उनका छोराछोरीसहित काठमाडौँ विमानस्थल पुगेका बेला उनले प्रहरीलाई दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको थियो। 

पूर्वयुवराज पारसले फेसबुक स्टाटसमार्फत आफ्नी आमा तथा पूर्व रानी कोमल शाहलाई क्यान्सरको आशंका गरिएको पनि खुलासा गरेका छन् । क्यान्सको परिक्षण र उपचारका लागि पूर्वरानी कोमल बैँकक गएकी छिन् । उनलाई छाड्नका लागि पारस र उनका छोरा र भान्जा विमानस्थल गएका थिए । 

हेर्नुहोस पासरसको स्टाटस 



'मैले हिजो विमानस्थलमा भएको कुरा आफ्ना मानिसहरुलाई बताउँनैपर्छ। मेरी आमा वायोप्सीका लागि बैँकक जाँदै हुनुहुन्थ्यो। पछिल्लो समयमा मेरो खराब मुड चलिरहेको छ। त्यहीमाथि मैले मेरो छोराको अनुहारमा प्रहरीको डन्डा देखेपछि होस गुमाएँ। मेरो ठाउँमा अर्को जोसुकै नेपाली बुवा भए पनि त्यही गर्थ्यो। तर पनि म सम्बन्धित पक्षसँग क्षमायाचना गर्न चाहन्छु र यस विषयमा नेपाली जनताले नै फैसला गर्ने छन्।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।