शुक्रबार, वैशाख १४, २०८१

यी ठाउँमा फेरि हुँदैछ भारी वर्षा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मुलुकका पश्चिमी तथा मध्य भूभागका एक–दुई ठाउँमा आगामी दुई दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

महाशाखाले आफ्नो वेबसाइटमार्फत् वर्षाको प्रक्षेपण गरेको हो । 

वेवसाइटका अनुसार सोमबार र मंगलबार दिउँसो देशको पश्चिम तथा मध्य भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार दिउँसो भने देशको पहाडी जिल्लामा वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ । 

मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपास रहेको र भारतको उत्तर प्रदेश तथा हरियाना आसपासको न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले वर्षाको प्रक्षेपण गरिएको महाशाखाले जनाएको छ । 

यस्तो छ भदौ ४ गतेसम्मको मौसम पूर्वानुमान 

भदौ २ गते (सोमबार)

दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही देशका पश्चिम र मध्यका केही स्थान र पूर्वका थोरै स्थानमा  मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिम तथा मध्य भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राती : देशका अधिकांश स्थानमा सामान्यतया बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको मध्य र पश्चिमी भूभागको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भदौ ३ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा तथा पूर्वको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी तथा मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राती : देशभर सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा तथा पूर्वको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पश्चिमी तथा मध्य भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

भदौ ४ गते (बुधबार)

दिउँसो : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । देशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राती : देशका धेरैजसो स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।