एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लेस्टर सिटीसँग बराबरी खेलेको छ । आइतबार राती भएको खेलमा दुबै टोलीले १-१ को बराबरी खेलेका हुन् ।
घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेल्सीले सिटी अंक बाढ्न बाध्य भएको हो । चेल्सीले पहिलो हाफमा १-० को अग्रता लिएको थियो । खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमा सिटीले गोल फर्कायो । खेलको ६७ औं मिनेटमा सिटी लागि एनडीडीले गोल खेल १-१ को बराबरीमा ल्याएका थिए । त्यसपछिको समयमा दुबै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै चेल्सीले नयाँ सिजनको २ खेल खेली सक्दा मात्र एक अंक जोडेको छ । यसअघि लिगको पहिलो खेलमा चेल्सी म्यानचेस्टर युनाईटेडसँग ४-० को फराकिलो अन्तरले पराजित भएको थियो । सिटीले भने दुबै खेलमा बराबरी खेल्दै दुई अंक जोडेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४