शुक्रबार, वैशाख १४, २०८१

पोखरामा १० प्रहरीमाथि कारबाही, १५ जना पुरस्कृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौँ- कास्की प्रहरीले व्यवसायिक आचरण विपरित काम गर्ने १० प्रहरीलाई कारबाही गरेको छ। साउन महिनामा गरेका सफल अनुसन्धान तथा कारबाही सार्वजनिक गदै कास्की प्रहरीले १० जना प्रहरीमाथि कारबाही गरिएको जनाएको छ ।

व्यवसायिक आचरण विपरित काम गर्ने १ जनालाई निस्कासन गरिएको छ। तीन जनाको ग्रेड घटुवा गरिएको छ भने ३ जनालाई नसिहत तथा ३ जनालाई चेतावनी दिएको छ।

गत साउन महिनामा उत्कृष्ट काम गर्ने १५ जनालाई कास्की प्रहरीले पुरस्कृत गरेको थियो। १२ जना प्रहरी जवान २ जान सहायक प्रहरी निरीक्षक तथा एक जना प्रहरी निरीक्षक पुरस्कृत भएको कास्की प्रहरीले जनाएको छ।

पोखरा सबैभन्दा बढी लागूऔषध प्रयोग हुने सहर हो। लागूऔषध कारोबार तथा अवैध क्रियाकलाप बढेपछि आइजीपी सर्वेन्द्र खनालले एसपी दानबहादुर कार्कीलाई पोखरा प्रहरीको प्रमुखमा पठाएका थिए।

आइजीपी खनाल नियुक्त भएसँगै सचिवालयको जिम्मेवारी पाएका एसपी कार्की अब्बल प्रहरी अधिकारीको रुपमा चिनिन्छन्।

कास्की प्रहरीको जिम्मेवारी पाएसँगै कार्कीले पर्यटकीय क्षेत्र पोखरालाई लागू औषध प्रयोग, कारोबार, अवैध क्रियाकलाप तथा चोरी नियन्त्रण गर्ने उद्देश्यले आफ्नो सक्रियता बढाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।