शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचार बढेको नभई अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा

भ्रष्टाचार बढेको नभई अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काभ्रे- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा वर्तमान अवस्थामा भ्रष्टाचार बढेको नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय भएको बताएका छन्।

नेपाल निर्माण व्यवसायी सङ्गठन प्रदेश नं ३ को घोषणासभालाई आज बनेपामा सम्बोधन गर्दै उनले अख्तियारलाई सक्रिय बनाइएका कारण भ्रष्टाचारीलाई कानूनी दायरामा ल्याउने काम भइरहेको बताए। ‘एकपछि अर्को भ्रष्टाचारी समातिएका छन्, यसबाट भ्रष्टाचार बढेको ठान्नु गलत हो, यो अख्तियारलाई सक्रिय बनाइएको प्रतिफल हो’, उनले भने। उनले यसअघिका सरकारका समयमा पनि अख्तियार भए पनि यत्तिको सक्रिय नभएको दाबी गरे।

मन्त्री बाँस्कोटाले विभिन्न निकायका कर्मचारीलाई काम छिटो र नाफामूलक बनाउने प्रवृत्तिका कारण भ्रष्टाचार हुने गरेको बताए। उनले भने, ‘फाइल बुझाउन जाँदा कर्मचारीलाई बेलुका तपाईको फुर्सद के छ, भेटौँ न, भन्ने प्रवृत्तिले भ्रष्टाचारले प्रसय पाउने हो, यस्तो प्रवृत्ति छ भने आजै त्याग्नुस्, नत्र तपाई पनि फन्दामा पर्नुहोला।’ उनले कसैले अनुचित रकम दिए वा लिएको जानकारी भएलगत्तै सरोकारवाला निकायलाई खबर गर्न आग्रह गरे।

उनले रु. एक अर्बसम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्नसक्ने भएकाले आफ्नो क्षमता अभिवृद्धि गरी काम गर्न सुझाव दिए। ‘आफू क्षमता वृद्धि गरेर आउनुस् कुनै अप्ठेरो छैन’ उनले भने, ‘बोलपत्र आफूलाई नपर्दा अदालत जाने काम पनि राम्रो होइन्।’ समुद्ध नेपाल बनाउने प्रमुख औजारमध्येको निर्माण क्षेत्र पनि एक भएको उनको धारणा थियो। 

मन्त्री बाँस्कोटाले मन्त्रालयमार्फत चारवटा प्रदेशमा अप्टिकल फाइबर बिछ्याउँदा आफूले पनि निर्माण व्यवसायीबाट केही अप्ठेरो ब्यहोर्नुपरेको बताउँदै नाफामूलक सामाजिक सेवामा सरकारलाई नै सघाउनुपर्ने उल्लेख गरे। उनले भने, ‘समयमै काम नसक्दा पनि ठकेदार अदालत धाउँछन्, यसले कसैलाई फाइदा पुग्दैन।’ निर्माण क्षेत्रको संशोधित पछिल्लो खरीद नियमावली अन्तिम नहुने उल्लेख गर्दै उनले व्यवसायीसँग छलफल गर्न सरकार तयार रहेको बताए।

कार्यक्रममा सांसदद्वय गङ्गाबहादुर तामाङ र नवीना लामा, प्रदेशसभा सदस्य चन्द्र लामा, चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष रुकु चौलागाई, नेपाल निर्माण व्यवसायी सङ्गठनका केन्द्रीय अध्यक्ष यज्ञध्वज कार्की, सङ्गठनका प्रदेश इञ्चार्ज टङ्क चौलागाई, सङ्गठनका महासचिव रोशन दाहाल र निर्माण व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष उपेन्द्र घिसिङले शुभकामना दिएका थिए। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।