शनिबार, वैशाख १५, २०८१

कृष्ण सिटौलाको आरोप: सभामुखले संविधान उल्लंघन गरे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसदबाटै संविधान उल्लंघन भएको दाबी गरेका छन्।

कांग्रेसको केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेशमा आयोजना गरेको प्रक्षिण कार्यक्रममा सिटौलाले सभामुख कृष्णबहादुर महराबाटै संविधानको उल्लंघन एवं गलत व्याख्या भएको आरोप लगाएका हुन्।

उनले भने, 'संविधानमै सभामुख र उपसभामुख एउटै पार्टीका हुनु हुँदैन भन्ने उल्लेख छ। तर, सभामखुले गलत गरेका छन्। संविधानको गलत व्याख्या भएको छ।’

प्रमुख प्रतिपक्षी दलका नेताको अनुपस्थितिमै संवैधानिक निकायहरुको नियुक्ति भएको भन्दै सिटौलाले सुरक्षा निकायमा पनि भेदभाव भइरहेको आरोप लगाएका छन्।
संविधानको मान्यताविपरीत अगाडि बढेर सरकार एकात्मक शैली अपनाउने तयारी गरेको सिटौलाले बताए।

महाधिवेशनमा नयाँपन हुनुपर्छ
कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित प्रशिक्षण कार्यक्रममा सिटौलाले अहिलेकै अवस्थामा महाधिवेशन उपयुक्त नहुने दाबी गरे। 

‘यही फागुनमा हुँदैन महाधिवेशन, अर्को फागुनतिर पुग्ला जस्तो छ। आगामी फागुनमा भए राम्रै हुन्छ होलाु , सिटौलाले भने, ‘तर तयारी राम्रो गर्नुपर्छ। नयाँ जोसजाँगरका साथ अगाडि जानुपर्छ।’ 

आगामी निर्वाचनहरु स्वतन्त्र हुने सम्भावना कम रहेको दाबी गर्दै सिटौलाले भने, ‘आगामी निर्वाचन स्वतन्त्र र निष्पक्ष हुने सम्भावना छैन। संघर्षको मैदानमा पुग्न नेपाली कांग्रेसले नयाँ अभियान नयाँ शैलीको आवश्यक छ।’

कम्युनिस्ट नेतृत्वको सरकारको ज्यादती रोक्न कांग्रेस कार्यकर्ताहरुलाई आग्रह गर्दै सिटौलाले भने, ‘कसरी सरकारको ज्यादती रोक्नेरु कसरी भ्रष्टाचार रोक्न सकिन्छरु कसरी बलियो हुन सकिन्छरु त्यस विषयमा हामीले रिभ्यु गर्नुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।