शुक्रबार, वैशाख १४, २०८१

डेङ्गुको सङ्क्रमण : झुल टाँगेर उपचार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
झापा - झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन। अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् । डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले बिरामीलाई अस्पताल भित्र झुल टाँगेर राखिएको छ। लामखुट्टेबाट जोगाउन बिरामीलाई झुल टाँगेर उपचार शुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डा खुश्वु प्रियाले बताइन्। 

“डेङ्गुका बिरामीलाई टोकेको लामखुट्टेले अरुलाई नटोकोस् र डेङ्गु नसरोस् भनेर झुल टाँगेर अपचार शुरु गरेका हौँ ।”, उनले भनिन्। डा प्रियाले दमक आसपासको क्षेत्रमा यो रोगको सङ्क्रमण ज्यादै फैलिएकाले सबैलाई सचेत रहन आग्रह गरिन्। तीन वर्षअघि पनि दमक क्षेत्रमा डेङ्गु रोग देखापरेको थियो । 

डेङ्गु रोग फैलिएपछि दमक नगरपालिकाले दमक अस्पतालमा आएका सबै बिरामीको निःशुल्क उपचार गराउँदै आएको छ । निजी अस्पतामा पनि सङ्क्रमितको निःशुल्क उपचारको पहल गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए। उनले भने, “डेङ्गुको सङ्क्रमण भेटिए दमक अस्पताल पठाइ दिन आग्रह गरेका छौं।” नगरपालिकाले प्रदेश सरकारसँग डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक पहलको माग गरेको छ। अहिले दमक अस्पतालमा २४, एडभान्समा ३४, आम्दामा ३१ र लाइफलाइनमा ३१ डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।