शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यी १४ पूर्वप्रधानन्यायाधीश : जो आफ्नै फैसलाविरुद्ध सरकारी गाडीको दुरुपयोग गर्दैछन्

यी १४ पूर्वप्रधानन्यायाधीश : जो आफ्नै फैसलाविरुद्ध सरकारी गाडीको दुरुपयोग गर्दैछन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - अन्यायमा परेकालाई न्याय दिने मात्रै होइन बेथिति रोक्ने अंगका रुपमा समेत न्यायपालिकालाई चिनिन्छ।

तर, यही न्यायपालिकाका सवारीसाधनको भने अत्यधिक दुरुपयोग भएको पाइएको छ। कतिसम्म भने आफै‌ले गरेको फैसलाविरुद्ध पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतको गाडी प्रयोग गरिराखेका छन्। त्यो पनि सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरेर। 

२०६८ मंसिर २२ गते सर्वोच्चले पूर्वप्रधानमन्त्री र पूर्वप्रधानन्यायाधीशलगायतका विशिष्टहरूलाई दिइएको गाडीलगायतका सुविधा तत्काल बन्द गर्न आदेश दिएको थियो। तर सर्वोच्चकै अगुवाले यो आदेश मिच्दै सरकारी गाडीलाई निजी बनाएर आफूखुसी प्रयोग गरिरहेका छन्।

कानुन नबनेसम्म पूर्वपदाधिकारीलाई गाडी नदिन सर्वोच्चले नै आदेश दिएको थियो। तर, यही आदेश लत्याएर सर्वोच्चका १४ जना पूर्वप्रधानन्यायाधीशले सरकारी गाडीलाई निजी बनाएर प्रयोग गरेका छन्। उनीहरुले सेतो नम्बर प्लेट फालेर रातो प्लेट हालेर चलाउनुका साथै चालक पनि लगेका छन्। गाडी र सवारीचालक दुरुपयोग गर्ने १४ पूर्व प्रधानन्यायाधीश को-को हुन् त? 

१. ओमप्रकाश मिश्र 

गाडी : टाटा स्ट्रोम
निजी बनाइएको नम्बर : बा.११च ११५ 
सरकारी चालक : श्याम श्रेष्ठ 

२. गोपाल पराजुली 

गाडी : टोयोटा फच्र्युनर
सरकारी नम्बर : बा.१ झ ६३८६ 
निजी बनाइएको नम्बर : बा.१३च ६२३१ 
सरकारी चालक : राजु चौधरी

३.सुशीला कार्की 

गाडी : महिन्द्रा स्कारपियो
सरकारी नम्बर : बा.२झ २५११ 
निजी बनाइएको नम्बर : बा.१७च ८३८३
उनले साथमा सर्वोच्चका कार्यालय सहयोगी कमला तामाङ सँगै लगेकी छिन् । 

४. कल्याण श्रेष्ठ 

गाडी : टोयोटा ल्यान्डक्रुजर
सरकारी नम्बर : बा.१ झ ६३८३ 
निजी बनाइएको नम्बर : बा.१३ च ६२३१ 
सरकारी चालक : जोगमान महतो
उनको गाडी एकपटक सर्वोच्चका कर्मचारीले फिर्ता ल्याए पनि पुन: लगेका हुन् ।  

५. रामकुमारप्रसाद साह 

गाडी : टाटा स्ट्रोम्स भिएक्स
सरकारी नम्बर : बा.२झ ६५६ 
निजी बनाइएको नम्बर : बा.११च ४०८४ 
सरकारी चालक : नेत्रबहादुर गिरी

६. खिलराज रेग्मी 

गाडी : महिन्द्रा स्कारपियो
सरकारी नम्बर : बा.२झ ११३ 
निजी बनाइएको नम्बर : बा.१२च ६८५३
साथमा उनले सर्वोच्चका सहयोगी दीपक मिश्रलाई पनि सँग राखेका छन् । 

७. दामोदरप्रसाद शर्मा 

गाडी : सेभोर्ले क्याप्टिभा
सरकारी नम्बर : बा.१झ ९८७७
निजी बनाइएको नम्बर : गाडीमा बा.१०च ८४३३ 

८. मीनबहादुर रायमाझी 

गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४८४
निजी बनाइएको नम्बर : बा.९च ४९१२

९. दिलीपकुमार पौडेल 

गाडी : फोर्ड
सरकारी नम्बर : बा.१ झ९४९१
निजी बनाइएको नम्बर : बा.९ च ४९२० 

१०. हरिप्रसाद शर्मा 

गाडी : फोर्ड
सरकारी नम्बर : बा.१ झ ९५०३ 
निजी बनाइएको नम्बर : बा.९च ४१३१ 

११. केशवप्रसाद उपाध्याय 

गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९६
निजी बनाइएको नम्बर : बा.९च ४९२५
 
१२. मोहनप्रसाद शर्मा 

गाडी : फोर्ड 
सरकारी नम्बर : बा.१झ ९४८५
निजी बनाइएको नम्बर : बा.९च ४९१३ 

१३. ओमभक्त श्रेष्ठ 

गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९३
निजी बनाइएको नम्बर : बा.९च ४९२२

१४. सुरेन्द्रप्रसाद सिंह 

गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९२
निजी बनाइएको नम्बर : बा.९च ४९२१ नम्बर 

नियमत: अवकाश पाएपछि पूर्वप्रधानन्यायाधीशले सरकारी गाडी र चालक लग्न पाउँदैनन् । अर्को कुरा सेतो नम्बर प्लेट अर्थात् सरकारी प्लेटलाई रातो अर्थात् निजी बनाउन पाइँदैन । 

न्यायाधीशको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०७४ को दफा ७ को उपदफा ५ मा प्रधानन्यायाधीश तथा न्यायाधीशले प्रयोग गरेको सवारीसाधन कार्यकाल सकिएको सात दिनभित्र फिर्ता गर्नुपर्ने व्यवस्था छ।

ऐनको दफा ७ को उपदफा ६ मा भने अवकाशप्राप्त प्रधानन्यायाधीश/न्यायाधीशले आफैँ राख्न चाहे सवारीसाधनको किताबी मूल्य बुझाएर प्राप्त गर्न सक्ने व्यवस्था छ। तर, १४ पूर्वप्रधानन्यायाधीशले न त त्यसको मूल्य बुझाएका छन् न गाडी नै फिर्ता गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।