बिहीबार, वैशाख २७, २०८१

कतारमा नेपाली नागरिकमाथि आक्रमण, एकको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - कतारको राजधानी दोहामा नेपाली नागरिकमाथि आक्रमण भएको छ। दोहामा रहेको जैदा पार्कमा ६ जना नेपाली माथि आक्रमण भएको र सो मध्ये १ जनाको मृत्यु भएको एवं अन्य ५ गम्भीर घाइते भएको त्यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ।

आक्रमणमा परि मृत्यु हुनेमा सुनसरी घर भएका तबरेज अन्सारी रहेका छन् भने अन्य घाइतेहरु पनि सुनसरीकै रहेको जनाइएको छ। उनीहरुको सबै विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ।

अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको छ। त्यस्तै आक्रमणमा परि गम्भीर घाइते भएका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा रहेको दूतावासले जनाएको छ।

त्यस्तै घटनामा घाइते भएका अकबर मिया र महसुद अन्सारी प्रहरीको नियन्त्रणमा रहेका र नेपाली राजदूतावासको टोलीको पहलमा रिहा भएको राजदुतावासले जनाएको छ। नेपाली नागरिकमाथि किन र कसले आक्रमण गर्यो भन्ने खुलेको छैन।

घटनापछि दुतावासले सबै नेपालीलाई होसियार रहन आग्रह गरेको छ। अनावश्यक भिडभाड हुने ठाउँमा नजान एवं जानै परे सर्तकता अपनाएर जान कतारमा रहेका नेपाली नागरिकलाई दुतावासले आग्रह गरेको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।