शुक्रबार, वैशाख १४, २०८१

सुन किन थुपार्दैछन् विश्वका केन्द्रीय बैंकहरु ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ६ वर्ष यताकै सर्वाधिक स्तरमा छ।

विश्व बजारमा सुनको भाउ उर्लिएको छ। नेपाली बजारमा त यसको मूल्य अहिलेसम्मकै सबैभन्दा माथि (तोलाको रु. ७१ हजार) पुगेको छ।

नेपाल, भारत, पाकिस्तान जस्ता दक्षिण एशियाली मुलुकहरुमा गहना संस्कृतिका कारण स्थानीय बजारमा सधैँ सुनको माग हुन्छ, विशेषगरी विवाहको र पर्वका सिजनमा। तर अहिले दक्षिण एशियामात्र होइन विश्वभर नै सुनको भाउ आकाशिएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य गएको ६ वर्षकै सर्वोच्च स्तरमा छ ।

यो पहेंलो धातुको माग एकाएक किन बढ्यो त ? सुन परम्परागत रुपमै सुरक्षित लगानी मानिन्छ। तर, आधुनिक अर्थ व्यवस्थामा सुनमा भन्दा शेयर, म्युचुअल फण्ड जस्ता इक्विटी वा अन्य कुरामा लगानीबाट धेरै प्रतिफल आउने हुँदा सुनमा लगानी फाइदाजनक मानिदैन। तर पनि जब विश्व आर्थिक अवस्था शिथिलता आउन थाल्छ, तब मानिसहरु सुन किन्नमै जोड  दिन्छन्।

अहिले पनि सुनको आकर्षण चुलिनुको कारण विश्व आर्थिक अवस्थामा आएको शिथिलता नै हो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक आर्थिक व्यवस्थाको अनुमान कम गरिसकेको छ।

चीन र अमेरिकाबीच बढ्दो व्यापारिक तनावले पनि आर्थिक अनिश्चिततालाई बढाएको छ। संसारभर नै शेयर बजारमा लगानीकर्ताको नाफा घटेको छ। नेपालमै पनि शेयर बजार उक्सिन सकेको छैन। भारतमा शेयर बजार, म्यूचुअल फन्डमा गरिएको लगानीको प्रतिफल न्यून स्तरमा झरेको छ।

आम लगानीकर्ताले सुनमा लगानी सुरक्षित ठान्नु त ठिकै होला तर, विश्वका धेरै जसो केन्द्रीय बैंकहरुले पनि लगातार सुनको खरिद गरिरहेका छन्।

आधुनिक मुद्रा व्यवस्थामा केन्द्रीय बैंकहरुले आफ्नो ‘रिजर्भ’ को एउटा भाग सुनका रुपमा राख्छन्। तर, केही महिनादेखि केन्द्रीय बैंकहरुले भारीमात्रामा सुन किनिरहेका छन्। जानकारहरुका अनुसार केन्द्रीय बैंकहरुले सुन किनिरहेका कारण मात्रै विश्व बजारमा सुनको भाउ १६ प्रतिशतले बढेको हो।

सुनको बजार विकासका क्षेत्रमा काम गर्ने वल्र्ड गोल्ड काउन्सिलका अनुसार विश्वभरका केन्द्रीय बैंकहरुले सन् २०१९ को पहिलो ६ महिनामा मात्र ३७४.१ टन सुन किनेका छन्। यसमध्ये २२४.४ टन त पछिल्लो तीन महिनामा मात्र खरिद भएको हो।

नेपाल राष्ट्र बैंकले भने पछिल्लाे ६ महिनामा सुन खरिद गरेकाे छैन ।

यो पछिल्लो तीन महिना त्यही समय हो जब चीन–अमेरिका व्यापारिक युद्ध चरममा पुगेको थियो। विश्व आर्थिक बजारलाई नै झट्का दिने यो समाचारसँगै यसै महिनामा आईएमएफले विश्व अर्थव्यवस्थामा वृद्धिको आफ्नो अनुमान कम गरेको थियो।

भारतमा आर्थिक मन्दी आएको छ। चीनको अर्थ व्यवस्था पनि तनावमुक्त छैन। रुसमाथि प्रतिबन्धको बादल मडारिइरहेको छ। अर्थात् जसैजसै विश्व अर्थव्यवस्थामा शिथिलता आउँदै ग¥यो केन्द्रीय बैंकहरुले आफ्नो स्वर्ण भण्डार बढाउन थाले।

अहिले अमेरिकाले चिनियाँ उत्पादनमा भारी कर लगाउन थालेपछि अमेरिकी डलरको निर्भरता कम गर्न चीनले ठूलो मात्रामा सुन किनिरहेको छ। मुद्रा अवमूल्यनको स्थितिमा पनि सुनको सहारामा डलर किन्न सक्ने उसको विश्वास छ। यसैकारण चीनले २०१९ को पहिलो सात महिनामा करिब ८५ टन सुन किनिसकेको छ।

आफ्नो विदेशी मुद्रा भण्डारमा सुनको हिस्सा बढाउने रणनीति रुसमा चलिरहेको छ। जानकारहरुका अनुसार रुसको यो रणनीति भने आर्थिक नभई सामरिक हो।

वल्र्ड गोल्ड काउन्सिलका अनुसार टर्की, कजाकिस्तान, चीन र रुसका केन्द्रीय बैंक सुनका सबैभन्दा ठूलो खरिदकर्ता हुन्।

भारतले सुनको आफ्नो भण्डार बढाएर त्यहाँको केन्द्रीय बैंक विश्वभरमा ठूलो स्वर्ण भण्डार राख्ने मध्ये १० औं नम्बरमा पुगिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अहिले करिब १५०० डलर प्रति औंस छ। विशेषज्ञहरुका अनुसार सुनप्रतिको यो आकर्षण कायमै रहने हो भने आगामी दुई वर्षमा सुनको भाउ २००० डलर प्रति औंस पुग्नेछ।

एजेन्सीहरुको सहयोगमा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।