शनिबार, वैशाख १५, २०८१

जनकपुरका बाढी पीडितलाई ‘छाया नेपाल’ को राहत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- असारको अन्तिम साता अबिरल वर्षापछि आएको बाढीबाट पीडित भएकाहरुलाई एक संस्थाले राहत प्रदान गरेको छ।

काठमाडौंस्थित छाया नेपाल नामक संस्थाले बुधबार जनकपुरमा राहत वितरण गरेको छ। संस्थाले जनकपुरधाम उपमहानगरपालिका–४ मा जलाइद नदीमा आएको बाढीबाट प्रभावित भएका दलितवस्तीमा राहत सामग्री वितरण गरेको हो।

छाया नेपाल संस्थाले बाढीबाट प्रभावित ६० घरधुरी दलित परिवारबीच राहत सामग्री वितरण गरेको संस्थाका अध्यक्ष कमल थापाले जानकारी दिए। थापाका अनुसार बाढीबाट प्रभावित त्यहाँका प्रत्येक परिवारलाई ५० किलो चामल, बाल्टी, मग, त्रिपाल, साबुनलगायतको सामग्री वितरण गरिएको छ। 

बाढीले दिएको घाउमा राहत सामग्र्री वितरण गरेर थोरै भएपनि मलम लगाउने प्रयासस्वरुप काठमाडौंबाट जनकपुर पुगेका थापाले बताए। बाढीबाट गरिब तथा विपत्र परिवारहरु समस्यामा रहेको थाहा पाएर राहत वितरण गर्न आफूहरु आइपुगेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।