शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महामारी बन्दै डेंगु : नियन्‍त्रणका लागि सरकारसँग बजेट छैन

महामारी बन्दै डेंगु : नियन्‍त्रणका लागि सरकारसँग बजेट छैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- गएको जेठ महिनामा सुनसरीको धरानबाट शुरु भएको डेंगुको प्रकोप थप ४२ जिल्लामा फैलिइसकेको छ ।
 
लामखुट्टेको टोकाइबाट फैलने यो रोगबाट तीन महिनामा ३ हजार ४२५ व्यक्ति संक्रमित भएका छन् ।
 
काठमाडौं उपत्याकामा समेत देखा परेको डेंगुले चाँडै महामारीको रुप लिनसक्ने जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरुका अनुसार काठमाडौं उपत्यकामा मात्रै १२ जनामा डेंगु देखा परेको छ । काठमाडौंमा ६, ललितपुर र भक्तपुरमा ३/३ जनामा डेंगु देखिएको हो ।
 
चिकित्सकहरुका अनुसार तुरुन्तै नियन्त्रणका उपायहरु नगर्ने हो भने, उपत्यका जस्तो जनघनत्व धेरै भएको ठाउँमा यसको संक्रमण चाँडै फैलन्छ र कुनै बेला पनि महामारीको रुप लिनसक्छ ।  तर, सरकारले अहिलेसम्म डेंगु नियन्त्रणका लागि प्रभावकारी कदम चालेको छैन् । 

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक बासुदेव पाण्डेय भन्छन्, “यो अझै फैलिने खतरा बढेको छ, नियन्त्रणका प्रभावकारी कदम चालिहाल्नुपर्छ ।”

गत वैशाखदेखि आजसम्ममा ४२ जिल्लाका ३ हजार ४ सय २५ जनामा डेंगुको संक्रमण देखिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यो संख्या  अहिलेसम्मकै उच्च हो । यसबाट सबैभन्दा बढि सुनसरीको धरान प्रभावित भएको छ ।
 
डेंगुबाट कुन जिल्लामा कति संक्रमित ? 

झापा– २९ 

मोरङ– ८१ 

सुनसरी– ३,०२५ 

भोजपुर– ४ 

उदयपुर– १ 

धनकुटा– ५ 

इलाम– २ 

ताप्लेजुङ– २ 

संखुवासभा– १ 

पाँचथर– २ 

सप्तरी– ४ 

सिरहा १ 

महोत्तरी– ३ 

पर्सा– ४ 

काभ्रे– १ 

ललितपुर– ३ 

भक्तपुर– ३ 

काठमाडौं– ६ 

धादिङ– ५

मकवानपुर– ८३ 

चितवन– २३ 

नुवाकोट– १ 

सिन्धुली– १ 

तनहुँ– १ 

पर्वत– २ 

अर्घाखाँची– ५ 

पाल्पा– ७ 

नवलपरासी– ११ 

रुपन्देही– ५५ 

कपिलवस्तु– ६ 

प्युठान– २

दाङ– २ 

बाँके– ५

बर्दिया– ३

सल्यान– १

कैलाली– ३ 

कञ्चनपुर– २

डडेल्धुरा– २ 

अछाम– १ 

दार्चुला– ४

यस वर्ष साउनको तेस्रो हप्तासम्म डेंगुबाट संक्रमितको संख्या ठूलो भए यही कारण मृत्यु भएको घटना एउटा मात्र दर्ता भएको छ । धेरैतिर धेरै व्यक्तिमा संक्रमण देखिएकाले निश्चित तथ्यांक उपलब्ध भइनसकेको हुनसक्ने जानकारहरु बताउँछन् ।
 
सन् २००४ बाट नेपालमा देखापरेको डेंगुबाट सन् २०१७ मा २ हजार १११ जना संक्रमित भएका थिए । २०१९ सम्म आइपुग्दा यो संख्या दोब्बरले बढेको छ । 

कुन वर्ष कति जनामा डेंगु देखियो ?  

२००४–  १

२००५–  ०

२००६–  ३२ 

२००७–  २७

२००८–  १०

२००९–  ३०

२०१०–  ९१७

२०११–  ७९

२०१२–  १८३

२०१३–  ६४२

२०१४– ३५६

२०१५– १३५

२०१६– १५२९ 

२०१७– २१११

२०१८– ८११

२०१९– ३४२५ 

१५ वर्षको अवधिमा १० हजार २८८ जनामा डेंगु देखिएकोमा १५ जनाको मृत्यु भएको छ । बेलैमा उपचार थाले डेंगुबाट मान्छेको मृत्यु हुने सम्भावना कम हुन्छ । तर, ढिलो उपचार भएमा यसले ज्यानै लिने जोखिम उतिनै रहेको चिकित्सकहरु बताउँछन् ।
 
यो वर्ष डेंगु रोगीहरुको संख्या अत्याधिक भएका कारण बेलैमा नियन्त्रण गर्न नसके मृतकको संख्या धेरै हुनसक्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।  

नियन्त्रणका लागि सरकारसँग बजेट नै छैन

डेंगु रोगले महामारीको रुप लिंदै गर्दा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले नियन्त्रणका लागि बजेटको अभाव भएको जनाएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आवश्यक बजेट नहुँदा रोग नियन्त्रणका कार्यक्रम कार्यान्वयनमा कठिनाई भइरहेको छ। 

गत वर्ष महाशाखाले प्रदेश तहमा रु ६  करोड १७ लाख, विभिन्न स्थानीय तहमा रु एक करोड ६६ लाख र महाशाखाले रु एक करोड ७१ विनियोजन गरेको थियो। तर यो वर्ष डेंगुले महामारीको रुप लिन थाल्दा पनि बजेट वृद्धि हुन सकेको छैन । 

महाशाखाका निर्देशक डा विवेकलाल कर्णका अनुसार डेंगु रोग नियन्त्रण गर्न थप रकम तथा दक्ष जनशक्ति नभएका कारणले गर्दा यसको नियन्त्रणमा समस्या देखिएको छ ।
 
कति खर्च भयो डेंगु नियन्त्रणमा ? 

सरकारले डेंगु रोग नियन्त्रणका लागि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि रु. १ करोड २० लाख, ७ वटा प्रदेशहरुमा रु.४ करोड ८३ लाख र स्थानीय तहहरुमा रु.१ करोड ९० लाख गरी कूल रु.७ करोड ९३ लाख बजेट खर्च गरिसकेको छ । तर संक्रमण रोकिएको छैन । 

अहिले त झन् बजेट अभाव भन्दै स्वास्थ्य मन्त्रालयले कुनै कदम चालेको छैन । 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।