शुक्रबार, वैशाख १४, २०८१

समाजवादीका सांसद डा.यादवको राजीनामा फिर्ता हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका प्रतिनिधि सभा सदस्य डा सुर्यनारायण यादव ‘सुरज’ले राजीना दिएको राजीनामा फिर्ता हुने भएको छ।

सांसद यादवले सभामुख कृष्णबहादुर महरा समक्ष सोमबार राजीनामा पत्र बुझाएका थिए।

स्वास्थ्य समस्या देखाउँदै सांसद यादवले राजीनामा पत्र सभामुखलाई बुझाएपछि अध्यक्ष उपेन्द्र यादव र सभामुखबीच छलफल समेत भएको थियो।

सभामुखको सचिवालयका अनुसार अहिले पनि राजीनामा पत्र सभामुख महरा समक्ष रहेको छ। तर, राजीनामा फिर्ता लिन उपेन्द्र यादवले सांसद यादवलाई आग्रह गरेका थिए।

समाजवादी पार्टीको संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगडियाका अनुसार डा यादवको राजीनामा फिर्ता हुनेछ।

बालबालिका सम्बन्धी विशेषज्ञय डा।यादव केही दिन यता विरामी रहँदै आएका छन्। उनले पार्टीभित्र आफ्नो राजीनामाको विषयलाई बारम्बार उठाउँदै आएका थिए।

तर, पार्टी अध्यक्ष तथा नेताहरुले राजीनामा नगर्न आग्रह गर्दै आएका थिए। उनले सोमबार राजीनामा पत्र बुझाएपछि चर्चा बाहिर आएको हो।

डा।यादव सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित हुन्। उनी जनकपुरधामस्थित अप्पन टेलिभिजनका संचालनसमेत हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।