शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ११ वर्षमा पनि बनेन ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’

११ वर्षमा पनि बनेन ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- नेपाली कांग्रेसका तत्कालीन नेता महेन्द्रनारायण निधिको स्मृतिमा जनकपुरधाममा निर्माणाधीन ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ भवन निर्माण लापरबाहीको पराकाष्ठाको उदाहरण बनेको छ ।

सरोकारवाला कार्यालय र निर्माण व्यवसायीले मनपरी गरेपछि तीन वर्षमा निर्माण कार्य सम्पत्र हुनुपर्ने सांस्कृतिक केन्द्रको भवन ११ वर्ष बितिसक्दासमेत पूरा हुन सकेको छैन् ।

सम्बन्धित निकायले चासो नदिँदा १२ करोडको लगानीमा निर्माण हुने भनिएको केन्द्रको सभाहल निर्माण पूरा नहुँदै जीर्ण बन्दै गएको छ । सम्बन्धित निकायले निर्माण पूरा गर्नतर्फ चासो नदिँदा अहिले निर्माणाधीन अवस्थामा रहेको यो भवन अहिले प्रहरी बासस्थानमा परिणत भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको दक्षिणतर्फ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले २०६५ असार ३० गते ७ करोड २४ लाख ६८ हजार ८८९ रुपैयाँ लागतमा कालिका रमण जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो ।

६ सय मानिस अट्ने क्षमताको सभाहल भवन निर्माण कार्य तीन वर्षभित्र सम्पत्र गर्नुपर्ने सम्झौता थियो । तर, सम्झौता भएको ११ वर्ष बितिसके पनि निर्माण कार्य सम्पत्र हुन सकेको छैन । तोकिएको समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्नुपर्ने स्थानमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पटकपटक म्याद थप गर्‍यो ।

विभित्र कारण देखाउँदै निर्माण व्यवसायीले दिएको निवेदनका आधारमा कार्यालयले पहिलोपटक २०६८ असार, दोस्रो पटक २०७० पुसमा गरी म्याद थप गरिएपनि भवन निर्माण कार्य सम्पत्र हुन सकेको छैन ।

डिभिजन कार्यालयका प्रमुख गंगाप्रसाद यादव भवनभित्र प्रहरीले डेरा जमाएपछि निर्माण कार्य समयमा पूरा हुन नसकेको दाबी गर्छन् । ‘निर्माणकै चरणमा रहेको भवनमा प्रहरी आएर बसेको छ ।

हामीले त्यहाँबाट प्रहरी हटाउन पटकपटक पत्राचारसमेत गरेका छौं,’ प्रमुख यादव भन्छन्, ‘प्रहरी नहटेपछि भवन निर्माण पूरा गर्न समस्या भएको हो ।’ प्रहरीले भवन खाली नगरेसम्म काम अगाडि बढाउने अवस्था नरहेको उनको भनाइ छ । साथै भवन निर्माण पूरा गर्न सरकारसँग थप रकम माग गरिएको यादवले बताए ।

निर्माण व्यवसायीले गर्नुपर्ने आफ्नो जिम्मेवारीको सम्पूर्ण काम पूरा गरिसकेको बताउँदै यादवले भने, ‘फर्निसिङ, भवन परिसरभित्र टायल्स जडानजस्ता काम मात्र बाँकी छ ।’ 

निर्माण व्यवसायीले सबै काम पूरा गरिसकेको प्रमुख यादवले बताए पनि कार्यालयलाई हालसम्म हस्तान्तरण भने गरिएको छैन । निर्माण व्यवसायीले हस्तान्तरण गर्नुअगावै भवन जीर्ण भइसकेको प्रमुख यादवले समेत स्वीकार गरेका छन् । ‘समयमा निर्माण कार्य पूरा हुन नसक्दा भवन जीर्ण भएको छ,’ उनले भने, ‘भवनको जीर्णोद्धार गरिनेछ । र, यसका लागि कार्यालयले छिट्टै प्रक्रिया अगाडि बढाउन गइरहेको छ ।’

हस्तान्तरण हुनुअगावै भवन जीर्ण

मिथिला सांस्कृतिक केन्द्रको भवन निर्माण हुनुअगावै मर्मत सम्भारको अवस्थामा पुगेको छ । भवनको छत, झ्याल, ढोका, पुस्तकालय, संग्रहालय जीर्ण भएको छ । निर्माण व्यवसायीले सम्बन्धित कार्यालयलाई भवन हस्तान्तरण गर्नुपूर्व मर्मत सम्भार गर्नुपर्ने अवस्था देखिएको छ । डिभिजन कार्यालयका प्रमुख यादवले जीर्ण भइसकेका संरचनाको मर्मत सम्भार गरिने बताए । अधिकतम एक वर्षभित्र भवन निर्माण कार्य पूरा हुने यादवको दाबी छ ।

नेपाल प्रहरीको वासस्थान

सभाहलका रुपमा निर्माण थालिएको ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ लाई नेपाल प्रहरीले वर्षौंदेखि वासस्थानका रुपमा प्रयोग गर्दै आइरहेको छ । नजिकैको जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी जवानलाई भवनमा बासस्थानको व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले आफ्नै ब्यारेक निर्माण गरिसकेपछि त्यहाँबाट प्रहरीको बासस्थान हट्न सकेको छैन । यसअघि जिल्ला प्रहरी कार्यालयका जवानमात्र बस्दै आएको निर्माणाधीन भवनमा अहिले प्रदेश प्रहरीसमेत बस्न थालेको डिभिजन कार्यालयका प्रमुख यादवको भनाइ छ । भवनबाट प्रहरी हटाउन गृह मन्त्रालयमार्फत पहल गुर्नपर्ने आवश्यकता देखिएको उनले बताए ।

प्रहरीको बासस्थानबाहेक समयसमयमा हुने निर्वाचनका लागि समेत ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ को निर्माधीन भवनलाई प्रयोग गरिएको छ । २०७० सालको संविधानसभा निर्वाचन तथा पछिल्लो निर्वाचनमा समेत निर्माणाधीन भवन प्रयोगमा ल्याइएको थियो ।

भवन हस्तान्तरणबारे अन्योल

भवनको निर्माण कार्य पूरा भइसकेपछि हस्तान्तरण गरिने निकायबारे अन्योल छ । निर्माण सम्पत्र भइसकेपछि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ कुन निकायलाई जिम्मा लगाइने यसबारे हालसम्म टुंगो नलागेको प्रमुख यादव बताउँछन् ।

‘भवन कुन निकायलाई हस्तान्तरण गर्ने यस विषयमा निर्णय भइसकेको छैन,’ उनले भने, ‘यद्यपि तीनवटा विकल्पमाथि छलफल चलिरहेको छ ।’ स्थानीय तह, प्रदेश सरकार वा ट्रस्ट बनाएर कुनै एक निकायलाई भवन हस्तान्तरण गर्न सकिने विकल्पमाथि छलफल चलिरहेको उनले बताए ।

उत्राइस वर्ष पुरानो परिकल्पना

सांस्कृतिक तथा धार्मिक कार्यक्रममा मानिस भेला हुँदा ठूलो र आधुनिक सभागृह नरहेको कुरालाई ध्यानमा राखेर सरकारको आयस्रोतबाट ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ निर्माण गर्ने परिकल्पना गरिएको हो ।

२०५७ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा विराटनगरमा ‘कृष्णप्रसाद कोइराला स्मृति भवन’ र जनकपुरमा ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ बनाउने निर्णय भएको थियो ।

तत्कालीन प्रधानमन्त्री कोइरालाले विराटनगरका लागि बजेट छुट्याए पनि ‘महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र’ का लागि बजेट नदिएको कांग्रेसका नेता रामसरोज यादव बताउँछन् । कोइराला जनकपुर पुग्दा कार्यकर्ताले दबाब दिएपछि केही रकम विनियोजन गरिएको उनको भनाइ छ । बजेट विनियोजन भएपछि भवनको इस्टिमेट र डिजाइनलगायतका काम सुरु गरिएको उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।